मंगलवार, मंसिर २४ २०८२
काठमाडौँ। डाइनामिक एजुकेसन एक्टिभिटीज एसोसिएसन नेपाल (डिन) तथा काठमाडौँ प्याब्सनको संयुक्त आयोजनामा एसइई दिने विद्यार्थीका लागि ‘मोटिभेसनल’ कार्यक्रम SEE Confidence Building Summit - 2082 सम्पन्न भएको छ। सोमबार काठमाडौ जडिबुटीस्थित रोयल प्यालेसको हलमा एक कार्यक्रमका विच Confidence Building Summit - 2082 कार्यक्रम सम्पन्न गरेको हो।

डिनका अध्यक्ष तथा प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष अनिलकुमार सुब्बाको सभापतित्वमा प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो। कार्यक्रममा डिनका सचिव महेश पराजुलीले सञ्चालन गर्नुभएको थियो। भने उपाध्यक्ष तथा तालिम विभाग प्रमुख श्री राजनकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
यतिबेला विद्यार्थीहरु विद्यार्थीहरु बिशेषगरि परिक्षामा के आउँछ र कसरी लेख्ने भन्ने विषयमा चिन्तित हुन्छन् । अनेक विषयहरु मनमा उब्जाएर परिक्षाको तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरी DEAAN ले मोटिभेसन स्पिकर डा. तारा प्रसाद गिरिमार्फत Confidence Building Summit तालिम प्रदान गरेको आयोजकले जनाएको छ। उक्त तालिममा डिन सम्बद्घ २० विद्यालयका करिब ४१० विद्यार्थीहरुको उपस्थिति रहेका थिए।

कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले विद्यार्थीले निरन्तर अभ्यास र आत्मअनुशासनमार्फत सफलता हासिल गर्न सकिने सन्देश दिनुभयो। उहाँले सकारात्मक सोच बनाएर पढाई प्रति रुचि बढाउन सकिने बताउनुभयो ।
उक्त ट्रेनिङमा विद्यार्थीलाई अध्ययनमा आत्मविश्वास जगाउने, समय व्यवस्थापन गर्ने, परीक्षा तयारीका प्रभावकारी उपायहरू अपनाउने तथा जीवनमा सकारात्मक सोच विकसित गर्ने बारेमा डा. तारा प्रसाद गिरिले प्रशिक्षण दिनुभयो । उहाँले विद्यार्थीले पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । जिवनमा सफल हुने विद्यार्थीले आफ्नो जिवनको लक्ष निर्धारण गर्नुपर्ने भन्दै गिरिले भन्नुभयो, 'सफलताकोलागी संकल्प चाहिन्छ।, जहाँ लडिन्छ, त्यही टेकेर उठिन्छ । त्यसैले जिवनमा कहिले हार मान्न हुदैन। आउने चैतमा हुने एसईई परिक्षाको लागि बाँकी रहेको चार महिना तालिका बनाएर पढ्न उत्प्रेरित गर्नुभयो। उहाँले आफ्नो र आफ्नो बुबाआमाको सपना पूरा गर्न पनि अथक मिहेनत गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विशेष अतिथिहरूका रूपमा प्याब्सन काठमाडौँका सल्लाहकार श्री गोविन्द फ्याक लिम्बु, उपाध्यक्षहरू सुर्य बहादुर भण्डारी, सुर्य के.सी., आर. बि. अधिकारी, काठमाडौँ नगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, सह–सचिव दिनेश कुमार पाण्डे, मिड–प्याब्सन अध्यक्ष धन प्रसाद सुब्बा लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा डिन कार्यसमितिको तर्फबाट सहसचिव श्री सञ्जीव ढुंगाना, सदस्य श्री टंक लिम्बु, श्री कमल पाण्डे तथा सदस्य विद्यालयका प्रतिनिधि श्री तोया रानामगर, श्री रवी भण्डारी, श्री श्याम सिंघक, श्री सरोज नेपालको उपस्थिति रहेको थियो।
समापन सत्रमा उपाध्यक्ष तथा तालिम विभाग प्रमुख श्री सुर्य के.सी. र काठमाडौँ नगर प्याब्सनका अध्यक्ष श्री गगनसिह ऐरज्यूहरूले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी एसईई २०८२ परीक्षामा सफलताको कामना गरेका थिए।


