आइतवार, मंसिर २९ २०८२
काठमाडौँ, २०८२ – प्याब्सन गोकर्णेश्वर नगरपालिकाको दोस्रो नगर परिषद् भेला सम्पन्न भएको छ। शनिवार काठमाडौँको गोकर्नेश्वरस्थित छिमेकी पार्टी प्यालेसको सभाहलमा अध्यक्ष सुदिप अधिकारीको सभापतित्व काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यमा दोस्रो नगर परिषद भेला - २०८२ सम्पन्न भएको हो।

परिषद भेलामा प्याब्सन गोकर्णेश्वरका सचीव राजभाइ धौगोडाले संगठनिक प्रतिवेदन र कोषाध्यक्ष छेवाङ छेदर भुटियाले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । दुबै प्रतिदेवदन हलबाट सर्वसम्मती ले पारित भए।

उक्त भेलामा प्याब्सनका राष्ट्रिय प्याब्सन काठमाडौँ जिल्लाका वरिष्ठ सल्लाहकार हरिकृष्ण श्रेष्ठ, काठमाडौँ जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भन्डारी, सुर्य केसी, धन पुन, आरबी अधिकारी, सचीव कृष्ण भण्डारी, काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर, नगर अध्यक्ष वासुदेव घिमिरे, रबि भण्डारी, प्याब्सन काठमाडौँ जिल्ला सहसचिव नारायण रोका, सौर्य आचार्य, डिएन सिवाकोटी, कोषाध्यक्ष डिएन अधिकारी, सह कोषाध्यक्ष - अनिल सुब्बा लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

उक्त भेलामा उक्त भेलामा काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले प्याब्सन गोकर्णेश्वर काठमाडौँ जिल्ला हाल अत्यन्तै सक्रिय रहेको र प्याब्सन संगठनिक हित र निजि विद्यालयको सुरक्षाकोलागि काम गरिरहेको बताउनुभयो । अध्यक्ष भट्टले निजी विद्यालयको योगदानले मात्र शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम भएको उनको तर्क थियो।
भेलामा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष सुदिप अधिकारिले परिषद्को बारे संछिप्त बोल्दै प्याब्सन गोकर्णेश्वर नगरपालिकाले शैक्षिक क्रियाकलापमा बिशेष जोड दिने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

भेलामा उपस्थित विभिन्न तह–तहका पदाधिकारी तथा विद्यालय प्रतिनिधिहरूले पनि निजी शिक्षाको भूमिका, पाठ्यक्रम सुधार र शैक्षिक गुणस्तरीयताबारे आफ्ना धारणा व्यक्त गरेका थिए।