Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन कागेश्वरी मनोहरा नगरपालिका दोस्रो नगर परिषदको भेला सम्पन्न

प्याब्सन कागेश्वरी मनोहरा नगरपालिका दोस्रो नगर परिषदको भेला सम्पन्न

  • 445
    SHARES

  • प्याब्सन कागेश्वरी मनोहरा नगरपालिका  दोस्रो नगर परिषदको भेला सम्पन्न

    काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कागेश्वरी मनोहरा नगरपालिका दोस्रो नगर परिषदको भेला सम्पन्न भएको छ। आइतवार मुलपानीस्थित एक सभाहलमा  उल्लेख्य विद्यालय संचालकहरुको उपस्थितिमा सम्पन्न भएको हो।

    नगर परिषदको दोस्रो भेला नगर अध्यक्ष कृष्ण गौतमको सभापतित्वमा, तथा काठमाडौँ जिल्ला अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

    IMG-20251215-WA0094.jpg

    भेलामा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका प्याब्सनका अध्यक्ष कृष्ण गौतमले परिषद् भेलाबारे संक्षिप्त मन्तव्य दिनुभयो। उहाँले गाडिको इन्जिन बिग्रेपछि सर्भिसिङ गरेजस्तै संगठनको अपडेटको पनि साधारण सभा तथा परिषद्को जरुरी रहेको भन्दै परिषदको महत्वबारे स्पस्ट पार्नुभयो। साथै अध्यक्ष गौतमले प्याब्सन कागेश्वरी मनहराले समग्र शिक्षा सुधारका निम्ति, शिक्षा बिकासका निम्ति, संगठनको परिधी भित्र बसेर एउटा इतिहास दर्ज गर्ने बताउनुभयो ।

    IMG-20251215-WA0065.jpg

    यस बर्ष जेनजी आन्दोलन पश्चात् ध्वस्त भएका सुरक्षाकर्मीहरुको चौकी निर्माणको प्याब्सन कागेश्वरी मनहराले उल्लेख्य सहयोग लागि सहयोग गरेको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला अध्यक्ष नवराज भट्टले प्याब्सन कागेश्वरी मनहरा नगरपालिका काठमाडौँ जिल्लाभरीकै अत्यन्तै सक्रिय रहेको र प्याब्सनको संगठनिक हित र निजि विद्यालयको सुरक्षाको लागि काम गरिरहेको बताउनुभयो । अध्यक्ष भट्टले निजी विद्यालयले शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम गर्न उल्लेख्य भुमिका खेलेको बताउनुभयो ।

    IMG-20251215-WA0006.jpg

    उक्त कार्यक्रममा काठमाडौँ जिल्ला सचीव कृष्ण भण्डारीले संगठनको नीति निर्माण बारे मन्तव्य दिनुभयो।

    कार्यक्रममा प्याब्सनका सचिवालय सदस्य प्रलाद खनाल, काठमाडौँ जिल्लाका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, प्रदेश सहसचिव श्रीराम दाहाल लगाएतले मन्तव्य दिनुभयो। उक्त कार्यक्रम प्याब्सन कागेश्वरी मनहरा मगरपालिका सहसचिव तथा कार्यबाहक सचिव घनेन्द्र भट्टराईले संचालन गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष राजु दाहालले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित भयो।

    IMG-20251215-WA0043.jpg

    उक्त कार्यक्रमको अवसरमा कागेश्वरी मनहरा क्षेत्रका तिनवटा विद्यालयलाई प्याब्सनको सदस्यता प्रदान गरिएको थियो।

    IMG-20251215-WA0029.jpgIMG-20251215-WA0077.jpgIMG-20251215-WA0071.jpgIMG-20251215-WA0014.jpg

    images
    सोमवार, मंसिर ३० २०८२०३:४५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार