Oct 02 2026 | २०८३, आश्विन १६ गते

अब क्याम्पस पढाउन पनि लाइसेन्स चाहिने ।

अब क्याम्पस पढाउन पनि लाइसेन्स चाहिने ।

  • 734
    SHARES

  • अब क्याम्पस पढाउन पनि लाइसेन्स चाहिने ।

    काठमाडौं । सरकारले विश्वविद्यालयहरूमा राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका लागू गर्ने निर्णय गरेसँगै अब क्याम्पस पढाउन पनि अध्यापन अनुमतिपत्र (लाइसेन्स) चाहिने भएको छ।

    विश्वविद्यालयहरूको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगले आगामी साउनदेखि निर्देशिका कार्यान्वयनमा ल्याएसंगै विश्वविद्यालयका आंगिक, सामुदायिक तथा निजी सबै क्याम्पसमा पढाउन अध्यापन अनुमतिपत्र (लाइसेन्स) चाहिने जनाएको छ। साथै स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्र यो परीक्षामा सहभागी हुन पाउनेछन् ।

    क्याम्पसहरूले आफूखुसी शिक्षक नियुक्ति गर्दा गुणस्तरमा असर पर्नुका साथै राजनीतिकरणसमेत बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले योग्यता परीक्षण सञ्चालन निर्देशिका लागू गर्न लागेको हो।

    संघीय कानूनअनुसार स्थापित १३ वटा विश्वविद्यालयका १४ सय ३२ क्याम्पस सञ्चालनमा छन् । यसका साथै प्रदेश सरकारहरूले स्थापना गरेका ६ वटा प्रदेश विश्वविद्यालय पनि छन् । अव यी विश्वविद्यालय तथा क्याम्पसहरूमा शिक्षण पेसामा आबद्ध हुनका लागि अनुमतिपत्र लिनुपर्ने र यसबाट मुलुकको उच्चशिक्षाको स्तर अभिवृद्धिका हुने अपेक्षा सरकारको छ । योग्यता परीक्षण परीक्षा ६-६ महिनामा हुने छ ।

    अनुमतिपत्रको व्यवस्थाले उच्च शिक्षामा प्रवेश गर्ने जनशक्ति प्रतिस्पर्धी तथा क्षमतावान हुने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, पौष १० २०८२०७:५८:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार