Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन स्थापना दिवस विशेष: पौष २४ गते विशिष्ट ब्याक्तित्व सम्मान सहित भव्य कार्यक्रम गर्दै

प्याब्सन स्थापना दिवस विशेष: पौष २४ गते विशिष्ट ब्याक्तित्व सम्मान सहित भव्य कार्यक्रम गर्दै

  • 739
    SHARES

  • प्याब्सन स्थापना दिवस विशेष: पौष २४ गते विशिष्ट ब्याक्तित्व सम्मान सहित भव्य कार्यक्रम गर्दै

    १८, पुस/ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) को स्थापना भएको ३५ वर्ष पूरा भएको अवसरमा यही २०८२ साल पौष २४ गते ‘प्याब्सन दिवस २०८२’ भव्य रूपमा मनाइने भएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विविध सांस्कृतिक कार्यक्रम तथा विशिष्ट ब्याक्तित्व सम्मान समारोहसहित उक्त दिवस आयोजना गरिने जानकारी प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले पत्रकार सम्मेलनमार्फत दिएको हो।

    IMG_9983.JPG

    वि.सं. २०४७ साल पौष २४ गते स्थापना भएको प्याब्सन निजी तवरबाट सञ्चालनमा रहेका विद्यालय, त्यहाँ अध्यापनरत शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, प्रिन्सिपल तथा विद्यार्थीहरूको हक–हितका लागि आवाज उठाउने साझा छाता संगठन हो। स्थापना कालदेखि नै प्याब्सनले सदस्य विद्यालयमार्फत नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको छ।

    राज्यले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिरहेको वर्तमान अवस्थामा निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। प्याब्सनका सदस्य विद्यालयबाट शिक्षा हासिल गरेका विद्यार्थीहरू आज देशका विभिन्न क्षेत्रमा—प्रशासन, राजनीति, स्वास्थ्य, इन्जिनियरिङ, खेलकुद, कला तथा संस्कृतिमा—उत्कृष्ट योगदान दिइरहेका छन्।

    पत्रकार सम्मेलनमा जानकारी दिँदै प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले १६औं अधिवेशनपछि छोटो अवधिमै विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरेको छ। जसमध्ये विद्यालय बस चालक तथा सहचालकका लागि अभिमुखीकरण तालिम, विद्यार्थी लक्षित एसइइ अभिमुखीकरण कार्यक्रम, Test Item Development Training, व्यवस्थित परीक्षा सञ्चालन, हस्तलेखन, कविता लेखन तथा वाचन, वक्तृत्वकला, नृत्य, बास्केटबलजस्ता प्रतियोगिता आयोजना भइसकेका छन्। यसका साथै हाजिरी जवाफ प्रतियोगिता र प्याब्सन क्रिकेट लिग जस्ता कार्यक्रमहरू तयारी चरणमा रहेका छन्।

    IMG_9979.JPG

    त्यसैगरी विद्यालय, विद्यार्थी, अभिभावक, प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा संस्थापक सदस्यहरूका लागि ‘प्याब्सन काठमाडौं कल्याणकारी कोष’ को समेत सुरुवात गरिएको छ।

    पुस २४ गते प्याब्सन दिवस २०८२ का अवसरमा प्याब्सन काठमाडौं जिल्ला अन्तर्गतका पालिकाका विद्यालयहरूले तयार पारेका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति प्रदर्शन गरिनुका साथै खेलकुद, कला–संस्कृति, निजी शिक्षा र समाजसेवा क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

    उक्त कार्यक्रममा MECEE (MBBS) तथा IOE (Engineering) प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थी एक–एक जनालाई सम्मान गरिनेछ। यस्तै, विपन्न परिवारबाट MECEE (MBBS) प्रवेश परीक्षा उत्तीर्ण गरी छात्रवृत्तिमा अध्ययन गर्न लागेका सत्यनारायण साफी र पवनदेव माझीलाई समेत नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।

    images
    शुक्रवार, पौष १८ २०८२०९:१८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार