बुधवार, माघ ८ २०८२
काठमाडौँ । माइलस्टोन युथ इङ्लिस स्कुलको आयोजनामा सम्पन्न प्रथम माइलस्टोन बास्केटबल प्रतियोगिताको उपाधि पिपल्स एकेडमीले हात पारेको छ। बुधबार विद्यालयको आफ्नै बास्केटबल मैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका ६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा पिपल्स एकेडमीले प्रथम स्थान हासिल गर्दा ग्रीन फिल्ड स्कुलले द्वितीय र आयोजक विद्यालय माइलस्टोन युथ इङ्लिस स्कुलले तृतीय स्थान प्राप्त गरेको थियो। विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यसै अवसरमा माइलस्टोन युथ इङ्लिस स्कूलले नवनिर्मित बास्केटबल कोर्टको उद्घाटन समेत गरेको छ। कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं. ७ का अध्यक्ष शैलेन्द्र लामाले बास्केटबल कोर्टको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिवराम गिरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने बताउनुभयो।

नागार्जुन नगरपालिकाभरि उत्कृष्ट शैक्षिक नतिजा हाँसिल गर्दै आएको माइलस्टोन युथ इङ्लिस स्कुलमा हाल सरस्वती पूजा तथा अक्षर आरम्भको अवसरमा नयाँ भर्ना अभियान समेत सञ्चालनमा रहेको विद्यालयले जनाइएको छ।



