Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि उपकुलपति कप प्रतियोगिता आरम्भ

त्रिवि उपकुलपति कप प्रतियोगिता आरम्भ

  • 313
    SHARES

  • त्रिवि उपकुलपति कप प्रतियोगिता आरम्भ

    काठमाडौँ, माघ १४ – त्रिभुवन विश्वविद्यालय उपकुलपति कप खेलकुद प्रतियोगिता माघ १४ देखि १८ गतेसम्म काठमाडौँमा आयोजना हुने गरी औपचारिक रूपमा सुरु भएको छ।

    FB_IMG_1769619623393.jpg

    शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजित प्रतियोगितामा त्रिविका ४० आङ्गिक क्याम्पसका करिब १ हजार २४० खेलाडी सहभागी छन्। साथै २०० भन्दा बढी प्रशिक्षक तथा टिम म्यानेजर र १५० भन्दा बढी निर्णायक, प्राविधिक पदाधिकारी तथा खेल संघका प्रतिनिधि प्रत्यक्ष रूपमा संलग्न छन्।

    उपकुलपति कपको औपचारिक उद्घाटन कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईले गर्नुभयो। प्रतियोगिताअन्तर्गत पाँच विधाका खेलहरु सञ्चालन हुनेछन्। जसअनुसार टेबल टेनिस (महिला/पुरुष) लैनचौर कभर्ड हलमा, ब्याडमिन्टन (महिला/पुरुष) डल्लुस्थित बहुउद्देश्यीय कभर्ड हलमा, एथलेटिक्स (महिला/पुरुष) तथा बास्केटबल (३×३) (महिला/पुरुष) दशरथ रंगशालामा र भलिबल (महिला/पुरुष) जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आयोजना गरिने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले जानकारी दिनुभयो।

    FB_IMG_1769619608955.jpg

    यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले चार दिने बन्द प्रशिक्षणपछि यही माघ २२–२३ गते काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद् (NSC) को आयोजनामा हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन्। साथै उनीहरूले अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

    उपकुलपति कपले त्रिविमा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

    प्रतियोगितालाई सफल, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न आयोजक पक्षले सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा खेलप्रेमीहरूबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ।

    images
    बुधवार, माघ १५ २०८२१०:५०:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार