Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन अण्डर १५ क्रिकेट लिगका लागि काठमाडौबाट समुह चरणमा १०४ खेलाडी छानीए

प्याब्सन अण्डर १५ क्रिकेट लिगका लागि काठमाडौबाट समुह चरणमा १०४ खेलाडी छानीए

  • 422
    SHARES

  • प्याब्सन अण्डर १५ क्रिकेट लिगका लागि काठमाडौबाट समुह चरणमा १०४ खेलाडी छानीए

    काठमाण्डौं । काठमाण्डौं जिल्ला प्याब्सनको आयोजनामा हुन लागीरहेको यु १५ क्रिकेट लिग (पुरुष) को समुह चरणको छनौटबाट १०४ जना विद्यार्थी खेलाडी छानिएका छन्।

    तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुल स्थीत एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमिमा आज भएको पहिलो चरणको छनौट कार्यक्रममा काठमाण्डौं जिल्लाका १०४ जना खेलाडी छनौटमा परेका हुन ।

    आइतबार क्रिकेट क्षेत्रका ख्यातीप्राप्त कोचहरुले एकेडेमिमा काठमाण्डौं जिल्लाका विभिन्न विद्यालय तथा एकेडेमिका करिब ३ सय बिद्यार्थीहरु मध्यबाट उनिहरु लाई पहिलो चरणको लागि छनौट गरेका खेल संयोजक तथा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो।

    पहिलो चरणमा छनौटमा परेका खेलाडीहरु बिच पुन प्रतिष्पर्धा गराएर २४ जना खेलाडी दोश्रो चरणमा प्रवेश गर्नेछन् । दोश्रो चरणमा प्रवेश गरेका खेलाडीहरुलाई २ वटा म्याच खेलाएर अन्तीम चरणका लागि उत्कृष्ट १४ जना खेलाडी छनौट हुनेछन् ।

    अन्तीम चरणमा छनौटमा परेका १४ जना खेलाडीहरुले माघ २८ गते देखि फागुन ६ गते सम्म मुलपानी क्रिकेट रंगशालामा हुने चल्ने यु १५ क्रिकेट लिगमा प्याव्सनका सातै प्रदेशबाट छनौट भएर आएका खेलाडीहरुसंग प्रतिष्पर्धा गर्नेछन् ।

    उक्त प्रतियोगितामा देशभरबाट ८ टिम सहभागी हुनेछन्। जसमध्ये सात वटा प्रदेश र एउटा काठमाडौँ जिल्ला प्याब्सनको विशेष टिम रहने छ।

    पिसिएल बिजेता टिमले नगद रु १ लाख ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने टिमले ७५ हजार नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    पिसिएल खेलाडी छनौटबारे बोल्दै काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले समुह चरणमा विद्यार्थीहरुको सहभागीताले क्रिकेट खेलप्रति विद्यार्थीहरुको रुचि देखिएको स्पष्ट भएको र क्रिकेट खेलाडीहरुको नेपालमा भबिष्य रहेको बताउनुभयो । उहाँले पहिलो चरणमा छनौट हुन नसकेका सम्पुर्ण खेलाडीहरुलाई प्रतियोगितमा सातै दिन निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाउने बताँउदै खेलकुद कार्यक्रममा सहभागीता जनाउन आग्रह गर्नुभयो ।

    पिसिएल माघ २८ गतेबाट काठमाडौँको मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा उद्घाटन हुनेछ।

    images
    सोमवार, माघ २० २०८२०८:२९:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार