Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन क्रीकेट लिगको लागि खेलाडी छनौट कार्य सम्पन्न

प्याब्सन क्रीकेट लिगको लागि खेलाडी छनौट कार्य सम्पन्न

  • 424
    SHARES

  • प्याब्सन क्रीकेट लिगको लागि खेलाडी छनौट कार्य सम्पन्न

    काठमाडौँ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लाद्वारा आयोजित प्याब्सन क्रीकेट लिग यू - १५  'प्याब्सन क्रिकेट लिग' (PCL) २०८२ को तयारी तिब्र चलिरहेको छ। उक्त क्रीकेट लिगमा सहभागी जनाउनको लागि प्रदेश स्तरमा खेलाडी छनौट कार्य सम्पन्न भएको छ ।

    FB_IMG_1770282459080.jpg

    'प्याब्सन क्रिकेट लिग (PCL) यू–१५' राष्ट्रियस्तरको अन्तर–प्रदेशीय विद्यालय क्रिकेट प्रतियोगिता हो, जसमा ७ प्रदेशीय प्याब्सन टोली र आयोजक काठमाडौँ जिल्ला गरी जम्मा ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता लिगकम नकआउट ढाँचामा माघ २८ देखि फागुन ६ गतेसम्म तल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौँमा सञ्चालन हुनेछ। खेल T20 (२० ओभर प्रति पारी) फर्म्याटमा खेलाइने छन्।

    राष्ट्रिय स्तरमा सम्पन्न हुने लिगको लागि देशैभरि बाट टिमहरु छनौटको कामहरु सम्पन्न भएको छ। प्रदेश टिम सात वटा प्रदेशहरु बाट एक एक वटा र काठमाडौँ जिल्लाको बिशेष एउटा टिमको आगि प्रतेक टिममा १४ जना खेलाडी र २ जना अफिसियल गरि १६ जना रहनेगरी टिमहरु छनौटको काम सम्पन्न भएको छ।

    पिसिएल लिगकम नक आउट ढाँचामा माघ २८ देखि फागुन ६ गतेसम्म तल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौँमा सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागिताका लागि इन्ट्री शुल्क निःशुल्क रहनेछ। उमेर समूह यू–१५ (२०६७/१०/१५ पछि जन्मेका) का विद्यार्थी खेलाडीहरू सहभागी हुन सक्नेछन्।

    उक्त प्रतियोगितामा बिजेता टिमले विजेता टोलीले रु. १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। व्यक्तिगततर्फ म्यान अफ द म्याचलाई रु. २,५००, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु. ५,०००–५,००० तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. ५०,००० प्रदान गरिनेछ।

    उक्त प्रतियोगिताम सहभागी सबै खेलाडीको शिखर इन्स्योरेन्समार्फत बीमा गरिने अध्यक्ष भट्टले जानकारी दिनुभयो। प्रतियोगिताको प्राविधिक सहयोग क्यान काठमाडौँ जिल्ला क्रिकेट संघले गर्ने छ।

    क्रीकेट लिग सम्पन्न गर्न अनुमानित कुल बजेट करिब ८० लाख रुपैयाँ रहने छ। प्याब्सनले PCL लाई वार्षिक राष्ट्रिय विद्यालयस्तरीय क्रिकेट लिगका रूपमा विकास गर्दै भविष्यमा CAN को वार्षिक क्यालेन्डरमा समावेश गराउने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।

    images
    बिहिवार, माघ २३ २०८२०२:४१:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार