Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन क्रीकेट लिगको ट्रफी अनावरण

प्याब्सन क्रीकेट लिगको ट्रफी अनावरण

  • 741
    SHARES

  • प्याब्सन क्रीकेट लिगको ट्रफी अनावरण

    २५, माघ/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी अनावरण गरिएको छ। आइतवार काठमाडौँमा एक कार्यक्रममा बिच प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, सह अध्यक्ष गोपाल प्रसाद आचार्य लगाएतले संयुक्त रुपमा ट्रफी अनावरण गरिएको हो।

    IMG_9805~2.JPG

    सोही अवसरमा सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो। माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने छ ।

    IMG_9740~2.JPG

    यु १५ क्रीकेट प्रतियोगितामा आयोजक टिम प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्स दुई समूहमा विभाजन भइ लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।

    IMG_9731~2.JPG

    उक्त प्रतियोगितामा टिम प्रायोजकमा कोशी प्रदेशको फेका मधेशको ट्रिटन मावि-कलेज, बागमतीको साउथ वेस्टर्न स्टेट कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, लुम्बिनीको प्याब्सन चन्द्रागिरी नगर कमिटी, कर्णालीको विनायक सिद्ध कलेज तथा सुदूरपश्चिमको तलेजु प्रकाशन तथा काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) रहेको प्रतियोगिता निर्देशक खिमबहादुर थापाले जानकारी दिए।

    ट्रफी अनावरण समारोहमा बोल्दै प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले पछिल्लो समय नेपालमा लोकप्रिय खेलका रुपमा स्थापित क्रिकेटको यो उमेरसमूहको प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउदै क्रिकेटको विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट ५ लाख र भ्याली पब्लिक स्कुलबाट १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए।

    IMG_9795~2.JPG

    उक्त कार्यक्रममा बोल्दै सह-अध्यक्ष गोपाल प्रसाद आचार्यले विद्यालय तहदेखि नै खेलकुदलाई शैक्षिक प्रक्रियासँग जोड्न आवश्यक रहेको बताए। आचार्यले “अन्डर–१५ क्रीकेट प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान हुने बिश्वास व्यक्त गर्नुभयो।

    IMG_9777 (1)~2.JPG

    पिसिएल लिगकम नक आउट ढाँचामा माघ २८ देखि फागुन ६ गतेसम्म तल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौँमा सञ्चालन हुनेछन्।

    क्रीकेट लिग सम्पन्न गर्न अनुमानित कुल बजेट करिब ८० लाख रुपैयाँ रहने छ। प्याब्सनले PCL लाई वार्षिक राष्ट्रिय विद्यालयस्तरीय क्रिकेट लिगका रूपमा विकास गर्दै भविष्यमा CAN को वार्षिक क्यालेन्डरमा समावेश गराउने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।

    IMG_9550~2.JPG

    images
    आइतवार, माघ २६ २०८२०७:०६:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार