Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन यू–१५ क्रिकेट लिग सम्पन्न : काठमाण्डौं क्यापिटल्सले जित्यो ट्रफी

प्याब्सन यू–१५ क्रिकेट लिग सम्पन्न : काठमाण्डौं क्यापिटल्सले जित्यो ट्रफी

  • 384
    SHARES

  • प्याब्सन यू–१५ क्रिकेट लिग सम्पन्न : काठमाण्डौं क्यापिटल्सले जित्यो ट्रफी

    काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाण्डौंको आयोजनामा सञ्चालित यू–१५ क्रिकेट लिग प्रतियोगिताको उपाधि आयोजक टोली काठमाण्डौं क्यापिटल्सले जितेको छ। बुधबार तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा प्याब्सन लुम्बिनीको टोली मोङ्सलाई ३३ रनले पराजित गर्दै क्यापिटल्सले ट्रफी उचालेको हो।

    IMG-20260211-WA0080(1).jpg

    टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौं क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। फाइनलमा सन्दीप साउदले ६१ बलमा ६५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। तपेन्द्र विष्टले १९ रन र शंश्रेय श्रेष्ठले १२ रन जोडेर टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए।

    FB_IMG_1771423431404.jpg

    १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी मोङ्स निर्धारित ओभरमा लक्ष्य भेट्न असफल रह्यो। लुम्बिनीका लागि एरोन जंग गिरीले ३९ रन तथा अमित कुमार यादवले २० रन बनाए। काठमाण्डौंका बलर प्रयुष उप्रेतीले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिएर निर्णायक भूमिका खेले। इन्साब बोहोरा र जीवन बुढाले समान २–२ विकेट लिए। लुम्बिनीका रिजन बुढाथोकी र जावेद खानले २–२ विकेट लिए भने प्रेम गुप्ता र साहन अलीले १–१ विकेट हात पारे।

    IMG-20260218-WA0254.jpg

    फाइनल खेलको ‘प्लेयर अफ द फाइनल’ सन्दीप साउद घोषित हुँदै नगद रु २,५०० प्राप्त गरे। उनले प्रतियोगिताभर १७० रन बनाउँदै ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधिसमेत जिते र नगद रु १०,००० हात पारे। प्याब्सन मधेशका खिलराज सराफ ११ विकेटसहित ‘बेस्ट बलर’ घोषित हुँदै नगद रु ५,००० जित्न सफल भए भने प्याब्सन बागमतीका विशाल ऐर १९२ रनसहित ‘बेस्ट ब्याट्सम्यान’ बनेर नगद रु ५,००० प्राप्त गरे।

    FB_IMG_1771464948487.jpg

    विजेता काठमाण्डौं क्यापिटल्सले उपाधिसँगै नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता लुम्बिनी मोङ्सले नगद रु ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

    IMG-20260218-WA0216.jpg

    समापन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभयो। उहाँले विद्यालय तहबाट सुरु गरिएको यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय स्तरबाट प्रतिभा पहिचान गरी संस्थागत रूपमा खेलकुद विकास गर्नु सराहनीय कार्य भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई उजागर गर्ने बताउनुभयो।

    FB_IMG_1771464963448.jpg

    कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रतियोगिताले नयाँ प्रतिभाको पहिचानमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। आगामी वर्ष केन्द्र र जिल्ला प्याब्सनबीच ५०–५० प्रतिशत लागत साझेदारीमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20260218-WA0151.jpg

    प्याब्सन काठमाण्डौंका अध्यक्ष नवराज भट्टले विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता कोशेढुंगा सावित भएको बताउँदै उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गर्ने योजना सार्वजनिक गर्नुभयो। स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजक तथा प्याब्सन काठमाण्डौंका उपाध्यक्ष धनबहादुर पुनले क्रिकेटमार्फत राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। प्रतियोगितामा देखिएका चुनौतीहरूलाई समन्वयात्मक रूपमा समाधान गर्दै सफलतापूर्वक सम्पन्न गरिएको उहाँको भनाइ थियो।

    IMG-20260218-WA0050.jpg

    समारोहमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई नगदसहित सम्मान गरिएको थियो। साथै विभिन्न विशिष्ट व्यक्तित्व, प्याब्सनका पदाधिकारी, जिल्ला तथा नगर प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम प्याब्सन काठमाण्डौंका सचिव कृष्ण भण्डारीले सञ्चालन गर्नुभएको थियो।

    IMG-20260218-WA0017.jpg

    प्रतियोगिता माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन भएको थियो। लिग कम नकआउट आधारमा सञ्चालन गरिएको प्रतियोगितामा देशका विभिन्न प्रदेशका ८ टोली सहभागी थिए। प्रतियोगिताले विद्यालय तहमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार तयार गरेको आयोजकले जनाएको छ।

    IMG-20260218-WA0153.jpgIMG-20260218-WA0111.jpgIMG-20260218-WA0203.jpgIMG-20260218-WA0221.jpgIMG-20260218-WA0245.jpgIMG-20260218-WA0229.jpgIMG-20260218-WA0294.jpgIMG-20260218-WA0329.jpgIMG-20260218-WA0093.jpgIMG-20260218-WA0056.jpgIMG-20260218-WA0089.jpg

    images
    बिहिवार, फाल्गुण ७ २०८२०७:१४:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार