Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल मोडेल स्कुलको ११औँ स्पोर्ट्स कार्निभल सुरु

नेशनल मोडेल स्कुलको ११औँ स्पोर्ट्स कार्निभल सुरु

  • 538
    SHARES

  • नेशनल मोडेल स्कुलको ११औँ स्पोर्ट्स कार्निभल सुरु

    काठमाडौं, फागुन १३ — काठमाडौं महानगरपालिका–१६, नेपालटार (बालाजु) मा अवस्थित नेशनल मोडेल माध्यमिक स्कुल ले ‘स्वस्थ जीवनका लागि खेल’ भन्ने नारासहित आफ्नो ११औँ स्पोर्ट्स कार्निभल–२०८२ (खेलकुद सप्ताह) सुरु गरेको छ।

    IMG-20260225-WA0109.jpg

    विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहमा करिब एक हजार विद्यार्थीको मार्चपाससहित भव्य कार्यक्रमबीच खेलकुद सप्ताह शुभारम्भ गरिएको हो। कार्यक्रमको उद्घाटन विद्यालयका अध्यक्ष रामप्रसाद अर्याल, प्राचार्य डीएन अधिकारी, आर्थिक विभाग प्रमुख दोर्ण अधिकारी र ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्रभक्त तिवारीले संयुक्त रूपमा बेलुन उडाएर गर्नुभयो।

    IMG-20260225-WA0130.jpg

    उद्घाटन सत्रको पहिलो खेलका रूपमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाइएको थियो। खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहने जनाइएको छ।

    फागुन १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त खेलकुद सप्ताहअन्तर्गत भलिबल, टेबलटेनिस, बास्केटबल, तानडोरी, फुटसल, दौडलगायत विभिन्न बौद्धिक तथा सिर्जनात्मक प्रतिस्पर्धा आयोजना गरिने विद्यालयले जनाएको छ। चित्रकला, गणितीय रेस, हाजिरिजवाफ, चेस, हिज्जे, व्यक्तित्वकला, कविता तथा निबन्ध लेखनसहित ३० भन्दा बढी विधामा प्रतिस्पर्धा गराइने प्राचार्य डीएन अधिकारीले जानकारी दिनुभयो। विद्यालयले हरेक वर्ष नियमित रूपमा खेलकुद सप्ताह आयोजना गर्दै आएको उहाँले बताउनुभयो।

    IMG-20260225-WA0060.jpg

    “शैक्षिक गतिविधिसँगै स्वस्थ जीवनका लागि खेल अपरिहार्य छ,” प्राचार्य अधिकारीले भन्नुभयो, “विद्यार्थीको मनोरञ्जन, प्रतिभा विकास तथा शारीरिक–मानसिक सुदृढताका लागि खेलकुद आयोजना गरिएको हो।” खेलहरू हाउसवाइज तथा लेभलवाइज आधारमा सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो।

    IMG-20260225-WA0090.jpg

    आर्थिक विभाग प्रमुख दोर्ण अधिकारीले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा खेलकुदको सकारात्मक भूमिका रहने उल्लेख गर्नुभयो। विद्यार्थीको रुचि र इच्छाअनुसार सहभागिता सुनिश्चित गरिएको उहाँले बताउनुभयो।

    IMG-20260225-WA0086.jpg

    प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै सहभागी सबै विद्यार्थीका लागि दुई हजारभन्दा बढी पदक र प्रमाणपत्र वितरण गरिने जनाइएको छ।

    उद्घाटन समारोहमा ब्यानर टाँसिएको बेलुन आकाशमा उडाएर कार्यक्रम सुरु गरिएको थियो। उक्त ब्यानर भेटाएर ल्याउने व्यक्तिलाई विद्यार्थीहरूको उपस्थितिमा रु. २,५०० नगद पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।

    FB_IMG_1772026989865.jpgIMG-20260225-WA0123.jpgIMG-20260225-WA0062.jpgIMG-20260225-WA0111.jpgIMG-20260225-WA0077.jpg

    images
    बुधवार, फाल्गुण १३ २०८२०८:३०:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार