Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन

अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन

  • 296
    SHARES

  • अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन

    धनगढी उपमहानगरपालिकाले अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। एक सूचना जारी गर्दै उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूले प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरूमा अनावश्यक आर्थिक भार परेको गुनासो बढेपछि यस्तो यस्तो निर्देश दिएको हो।

    धनगढी उपमहानगरपालिकाले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरूलाई अतिरिक्त खर्च व्यहोर्नुपरेको भन्दै यसलाई नियन्त्रण गर्न कदम चालिएको जनाइएको छ। उपमहानगरपालिकाका अनुसार, अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरिएको पाइएमा आवश्यक कारबाही गरिनेछ। साथै, परिवर्तन गरिसकेका विद्यालयहरूले सम्बन्धित विवरण समयमै कार्यालयमा जानकारी गराउनुपर्ने बताइएको छ।

    यसैगरी, अभिभावकहरूलाई पनि आफ्ना बालबालिका अध्ययनरत विद्यालयले अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको जानकारी भएमा उपमहानगरपालिकामा सूचित गर्न अनुरोध गरिएको छ। उपमहानगरपालिकाको यो निर्णयले अभिभावकहरूको आर्थिक भार कम गर्नुका साथै विद्यालयहरूको मनपरी नियन्त्रण हुने अपेक्षा गरिएको छ।

    FB_IMG_1774268645173~2.jpg

    images
    सोमवार, चैत्र ९ २०८२०६:२७:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार