Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालय र विद्यालयमा तालाबन्दी अन्त्य गर्ने नेविसंघको घोषणा

विश्वविद्यालय र विद्यालयमा तालाबन्दी अन्त्य गर्ने नेविसंघको घोषणा

  • 223
    SHARES

  • विश्वविद्यालय र विद्यालयमा तालाबन्दी अन्त्य गर्ने नेविसंघको घोषणा

    काठमाडौँ । नेपाल विद्यार्थी संघले विश्वविद्यालय र विद्यालयहरूमा हुने अनिश्चितकालीन तालाबन्दीलाई सधैँका लागि अन्त्य गर्ने घोषणा गरेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाले कुनैपनि सदस्यले अब शैक्षिक संस्थामा गरिने तालाबन्दी नगर्ने घोषणा गरेका हुन्।

    शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि ‘मेरो शिक्षा, मेरो प्रश्न’ कार्यक्रम अन्तर्गत विभिन्न समयमा चार जना शिक्षा मन्त्रीहरूलाई रचनात्मक सुझाव बुझाएको बताए । नेविसंघको मुख्य माग ‘सेन्ट्रल स्टुडेन्ट स्कलरसिप पोर्टल’ निर्माण गर्नु रहेको उनले बताए । जसले दूतावासदेखि सरकारसम्मले दिने सबै छात्रवृत्तिलाई पारदर्शी बनाउने बताइएको छ । 

    नेविसंघले ‘पेड इन्टर्नसिप’ कार्यक्रमलाई सरकारी तवरबाटै ओनरसिप लिनुपर्ने, ७ सय ५३ वटै पालिकामा ‘स्कुल अफ फ्राइडे’ र ‘डिजिटल तथा फाइनान्सियल लिट्रेसी’ लागू गर्नुपर्ने माग राखेको छ । 

    अनुसन्धान र विकासका लागि ‘सिएसआर बोर्ड’ बनाएर अर्बौंको कोष परिचालन गर्न सकिने योजना पनि शेर्पाले अघि सारे । 

    images
    मंगलवार, चैत्र १० २०८२०६:२२:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार