Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीलाई ४५% भाडा छुट दिने निर्णय कडाइका साथ लागू गर्न पुनः निर्देशन

विद्यार्थीलाई ४५% भाडा छुट दिने निर्णय कडाइका साथ लागू गर्न पुनः निर्देशन

  • 176
    SHARES

  • विद्यार्थीलाई ४५% भाडा छुट दिने निर्णय कडाइका साथ लागू गर्न पुनः निर्देशन

    काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा उपलब्ध गराउन पुनः कडाइका साथ निर्देशन दिएको छ।

    विभागले वैशाख ७ गते जारी पत्रमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लि. लाई उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।

    विभागका अनुसार वि.सं. २०६५ फागुन २० गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सरोकारवालासहितको बैठकले विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो। तर हालसम्म पनि धेरै सार्वजनिक सवारी साधनहरूले उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै गुनासो बढ्दै गएको छ।

    सरकारका विभिन्न प्लेटफर्म—जस्तै हेलो सरकार लगायतमा विद्यार्थीहरूले छुट सुविधा नपाएको उजुरी बढेपछि विभागले पुनः निर्देशन जारी गरेको जनाएको छ।

    विभागले सम्बन्धित सबै यातायात व्यवसायी तथा संघसंस्थालाई तत्काल निर्णय कार्यान्वयन गरी विद्यार्थीलाई कानुनअनुसारको सहुलियत सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, अनुगमनलाई थप प्रभावकारी बनाइने र कार्यान्वयनमा लापरवाही देखिएमा आवश्यक कारबाही गरिने संकेत समेत दिएको छ।

    FB_IMG_1776867279315.jpg

    images
    बिहिवार, बैशाख १० २०८३०७:५१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार