Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ स्कुलको स्पोर्ट्स मिट शुरु

एभरेस्ट इनोभेटिभ स्कुलको स्पोर्ट्स मिट शुरु

  • 685
    SHARES

  • एभरेस्ट इनोभेटिभ स्कुलको स्पोर्ट्स मिट शुरु

    माघ, ८/ गते काठमाडौ । काठमाडौ महानगरपालिका, वडा नम्बर १३ कालिमाटिस्थित एभरेस्ट इनोभेटिभ स्कुल (EIS) को स्पोर्ट्स मिट शुरु भएको छ। सोमबार बिभिन्न सांस्कृतिक नृत्य सहित एक भव्य कार्यक्रमका बिच 'Anual Sport Meet - 2081' बेलुन उडाएर उद्घाटन गरेको हो।

    Screenshot_2025-01-21-09-10-10-37_965bbf4d18d205f782c6b8409c5773a4.jpg

    स्पोर्ट्स मिट - २०८१ अन्तर्गतका खेलहरु ७, ८, ९ र १० गते बिहीवारसम्म संचालन हुनेछन् । स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, बेडमेन्टिन, क्यारेमबोर्ड, चेस, डोरीतन्ने, रिले रेस, चकलेट रेस, म्याथ रेस, स्याक रेस, लगाएत विभिन्न खेलहरु खेलाइने खेल इसिए इन्चार्ज अनिल श्रेष्ठले बताए।

    IMG-20250120-WA0000.jpg

    स्पोर्ट्स मिटको पुरस्कार बितरण भने आगामी फागुन २ गते अभिभावक दिवसको दिन बितरण गरिने EIC/EIS का प्रशासन प्रमुख राम पौडेलले बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो।

    IMG_7599.JPG

    स्पोर्ट्स मिट २०८१ को उद्घाटन समारोह कार्यक्रममा EIC/EIS का CEO हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, EIC क्याम्पस चिफ दिपक कुमार झा, स्कुल प्रिन्सिपल केबि चित्रकार, बिश्वबिद्धालय कार्यक्रम प्रमुख किशोर काफ्ले लगाएत शिक्षक, कर्मचारी र स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG-20250121-WA0146.jpg

    उद्घाटन कार्यक्रम ECA इन्चार्ज अनिल श्रेष्ठले संचालन गर्नुभयो । ११ गते रिजल्ट तथा Science exhibition आयोजना गर्ने श्रेष्ठले बताए। science Exhibitiona कक्षा ११ र १२ पनि सहभागी जनाउने छन्।

    IMG-20250121-WA0147.jpgIMG-20250121-WA0148.jpg

    images
    मंगलवार, माघ ८ २०८१०९:०५:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार