Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा सुधारमा इयू राष्ट्रसँग सहकार्य बढाउन नेपाल प्रतिबद्ध : मन्त्री पोखरेल

शिक्षा सुधारमा इयू राष्ट्रसँग सहकार्य बढाउन नेपाल प्रतिबद्ध : मन्त्री पोखरेल

  • 500
    SHARES

  • शिक्षा सुधारमा इयू राष्ट्रसँग सहकार्य बढाउन नेपाल प्रतिबद्ध : मन्त्री पोखरेल

    काठमाडौं । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले आज मन्त्रालयमा युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूत, डेपुटी हेड अफ मिसन तथा कूटनीतिज्ञहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा नेपालको शिक्षा क्षेत्र, विशेषगरी शिक्षामा समावेशिता, शैक्षिक पूर्वाधार विकास तथा शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धिका विषयमा सहकार्य र साझेदारीबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

    FB_IMG_1779709904148.jpg

    मन्त्री पोखरेलले नेपाल सरकार शिक्षा क्षेत्रको सुधार र गुणस्तर अभिवृद्धिका लागि इयूसँग थप सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै युरोपेली सङ्घसम्बद्ध राष्ट्रहरूको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    भेटवार्तामा शिक्षा क्षेत्रको दिगो विकास, समावेशी पहुँच विस्तार तथा शिक्षक सशक्तीकरणलाई प्राथमिकतामा राखेर आगामी सहकार्यका सम्भावनाबारे समेत विचार आदानप्रदान भएको बताइएको छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार