Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेबि स्कुलद्वारा ४ जिपिए सहित एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा अभिनन्दन

जेबि स्कुलद्वारा ४ जिपिए सहित एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा अभिनन्दन

  • 479
    SHARES

  • जेबि स्कुलद्वारा ४ जिपिए सहित एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा अभिनन्दन

    काठमाडौं — बुढानिलकण्ठ–६ स्थित जेबी इङ्ग्लिस स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार विद्यालय प्राङ्गणमामा एक कार्यक्रममा अभिभावक उत्प्रेरणा कार्यक्रम संगै एसईई २०८२ मा ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान तथा बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो।

    IMG-20260601-WA0004.jpg

    एसईई २०८२ मा ४.० जिपिए प्राप्त गर्न सफल छात्रा मोनिका बोमजनलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै विद्यालयका शिक्षकहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।

    IMG-20260601-WA0118.jpg

    विद्यालयले यस वर्षको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्दै शैक्षिक उत्कृष्टताको अर्को अध्याय थपेको छ। सो उपलब्धिलाई उत्सवका रूपमा मनाउन आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका सभापति तथा बोर्ड अफ डाइरेक्टर सुजु थापा र डाइरेक्टर रुपक बस्तीले विद्यालयको निरन्तर शैक्षिक प्रगति, अनुशासित सिकाइ वातावरण तथा अभिभावकको सहकार्यले प्राप्त सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20260601-WA0018.jpg

    कार्यक्रममा प्रमुख प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभावकत्वको भूमिका, बालबालिकाको मनोविज्ञान र परिवार तथा विद्यालयबीचको सहकार्यबारे प्रशिक्षणात्मक प्रस्तुति दिनुभएको थियो। उहाँले सचेत अभिभावकत्वले बालबालिकाको व्यक्तित्व विकास र शैक्षिक सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

    IMG-20260601-WA0041.jpg

    कार्यक्रमको विशेष आकर्षण विद्यालयका प्रिन्सिपल नारायण रोकाको प्रेरणादायी सम्बोधन रह्यो। उहाँले विद्यार्थीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि नभई अभिभावक, शिक्षक र विद्यालयको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँको प्रेरणादायी मन्तव्यले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई भविष्यमा अझ उच्च लक्ष्य निर्धारण गरी उत्कृष्टता हासिल गर्न उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।

    IMG-20260601-WA0052.jpg

    सो अवसरमा एसईई २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन र अभिभावकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विद्यार्थीको समग्र विकासका लागि निरन्तर काम गरिरहेको जनाएको छ। कार्यक्रमले विद्यार्थीको उपलब्धिको कदर गर्नुका साथै अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।

    IMG-20260601-WA0097.jpg

    images
    सोमवार, जेठ १८ २०८३०९:३७:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार