Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्व वातावरण दिवस: नेरिक एकेडेमीका विद्यार्थीद्वारा चित्रकला मार्फत 'ग्लोबल वार्मिङ' को यथार्थ उजागर

विश्व वातावरण दिवस: नेरिक एकेडेमीका विद्यार्थीद्वारा चित्रकला मार्फत 'ग्लोबल वार्मिङ' को यथार्थ उजागर

  • 499
    SHARES

  • विश्व वातावरण दिवस: नेरिक एकेडेमीका विद्यार्थीद्वारा चित्रकला मार्फत 'ग्लोबल वार्मिङ' को यथार्थ उजागर

    काठमाडौँ, २२ जेठ (५ जुन, २०२६) | काठमाडौँ महानगर स्रोत केन्द्र स्तरीय "विश्व वातावरण दिवस २०२६" को अवसरमा आयोजना गरिएको कार्यक्रममा नेरिक एकेडेमीका विद्यार्थीहरूले कलात्मक चित्र मार्फत पर्यावरण संरक्षणको बलियो सन्देश दिएका छन्।

    विद्यालयकी कक्षा ८ की छात्रा एमी श्रेष्ठ र छात्र एरिस बस्नेतद्वारा संयुक्त रूपमा तयार पारिएको 'ग्लोबल वार्मिङ इम्प्याक्ट' (Global Warming Impact) शीर्षकको चित्रले यतिबेला सबैको ध्यान आकर्षण गरेको छ। उक्त कलात्मक सिर्जनाले आजको विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती—ग्लोबल वार्मिङ (विश्वव्यापी उष्णता) को दर्दनाक यथार्थलाई प्रस्ट रूपमा उजागर गरेको छ।

    IMG-20260605-WA0030.jpg

    “पृथ्वी रोइरहेकी छ, के हामी अझै पनि मौन बस्ने?” भन्ने मूल भाव बोकेको उक्त चित्रमा मानव जातिको लापरबाहीका कारण प्रकृतिमाथि पुगिरहेको क्षतिको कथा कलात्मक रूपमा बुनिएको छ।

    चित्रमा जलिरहेको पृथ्वी, सुक्दै गएका रुखहरू, तीव्र गतिमा पग्लँदै गरेका हिमाल, बढ्दो तापक्रम, प्रदूषित बन्दै गएका जलस्रोत र जताततै थुप्रिएका प्लास्टिकजन्य फोहोरहरूलाई जीवन्त रूपमा उतारिएको छ। पृथ्वीको अनुहारमा देखाइएका आँसुहरू केवल रङ र रेखाहरू मात्र नभएर, मानव जातिको असावधानी र गैरजिम्मेवारीका कारण प्रकृतिले भोगिरहेको पीडाका प्रतीकका रूपमा प्रस्तुत गरिएका छन्।

    विद्यार्थीद्वय एमी र एरिसले आफ्नो चित्रकला मार्फत संसारलाई स्पष्ट सन्देश दिएका छन्— यदि आजैका दिनदेखि वातावरण संरक्षणका लागि ठोस कदम चालिएन भने, भोलिको पृथ्वी अझ बढी तात्नेछ, प्राकृतिक स्रोतहरू पूर्ण रूपमा सुक्नेछन् र मानव अस्तित्व नै ठूलो संकटमा पर्नेछ।

    चित्रकला मार्फत उनीहरूले प्लास्टिकको प्रयोग घटाउन, वृक्षारोपण गरी तिनको संरक्षण गर्न, पानी र ऊर्जाको बचत गर्न तथा पृथ्वीलाई सुरक्षित राख्ने सामूहिक अभियानमा एकजुट हुन सबैलाई अपिल समेत गरेका छन्।

    सानै उमेरमा वातावरण र पर्यावरण जस्तो गम्भीर विषयलाई कलाको माध्यमबाट समाजसामु ल्याएर सोच्न, सचेत हुन र सकारात्मक परिवर्तनका लागि प्रेरित गरेको भन्दै विद्यालय परिवार तथा उपस्थित बुद्धिजीवीहरूले प्रतिभाशाली विद्यार्थीद्वयलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन्।

    IMG-20260605-WA0028.jpg

    images
    शुक्रवार, जेठ २२ २०८३०६:३५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार