Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान द्वारा आयोजित अन्तर-विद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

सान द्वारा आयोजित अन्तर-विद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

  • 608
    SHARES

  • सान द्वारा आयोजित अन्तर-विद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

    काठमाडौं । स्कुल्स एसोसिएसन अफ नेपाल (सान) द्वारा कक्षा ४ देखि ६ सम्मका विद्यार्थीबीच आयोजित सान अन्तर-विद्यालय स्पेलिङ कन्टेस्ट–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। बोधिसत्त्व स्कुलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले अंग्रेजी शब्दको सही हिज्जे तथा उच्चारण प्रस्तुत गर्दै आफ्नो भाषिक क्षमता प्रदर्शन गरेका थिए।

    IMG-20260809-WA0002~2.jpg

    उक्त प्रतियोगिताको सभापतित्व सानका अध्यक्ष दिलीप रेग्मिले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका–१५ का शिक्षा विभागकी प्रतिनिधि मैयाँलक्ष्मी महर्जन रहनुभयो।

    प्रतियोगितामा रानिबनस्थित बाटिका स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै एडुसमेट स्कुल दोस्रो, अभ्यास पाठशाला तेस्रो, लिटल क्लाइम्बर्स स्कुल चौथो, अन्नपूर्ण विद्या सदन पाँचौँ र ग्लोबल भिजन स्कलर छैटौँ भएका छन्। उक्त प्रतियोगितामा विजेता विद्यालयलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी विद्यार्थीलाई समेत उपहार प्रदान गरी प्रोत्साहित गरिएको थियो।

    IMG-20260809-WA0104.jpg

    विद्यार्थीमा अंग्रेजी शब्दभण्डार, सही हिज्जे लेखन, उच्चारण क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीले निर्णायकले प्रस्तुत गरेका शब्दको सही हिज्जे तथा उच्चारण गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

    IMG-20260809-WA0115.jpg

    कार्यक्रममा बोधिसत्त्वो स्कुलका प्राचार्य कुन्केभ लामाले स्वागत मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलाप पनि शिक्षाको महत्वपूर्ण हिस्सा भएको बताए। उनले विद्यालयहरूबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्दा विद्यार्थीले आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्ने थप अवसर पाउने धारणा राखे।

    IMG-20260809-WA0099.jpg

    उक्त प्रतियोगितामा सहभागी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका–१५ का शिक्षा विभागकी प्रतिनिधि मैयाँलक्ष्मी महर्जनले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताइन् । उनले शिक्षालाई पाठ्यपुस्तक र कक्षाकोठाभित्र मात्र सीमित नगरी विद्यार्थीलाई सिर्जनात्मक, प्रतिस्पर्धात्मक तथा व्यावहारिक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

    IMG-20260809-WA0101.jpg

    कार्यक्रममा सानका सचिव बाबुराम गौतमले स्पेलिङ कन्टेस्टले विद्यार्थीको शब्दभण्डार, भाषिक दक्षता, उच्चारण र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई स्वस्थ प्रतिस्पर्धाको अवसर प्रदान गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

    कार्यक्रममा सानका सल्लाहकार तथा बाटिका स्कुलका प्राचार्य युवराज बस्ताकोटी, सानका उपाध्यक्ष प्रकाश मरासिनी, सह सचिव, रोशन घिमिरे, कोषाध्यक्ष नवराज पाण्डे लगाएत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सानका सदस्यहरूको सहभागिता रहेको थियो।  

    IMG-20260809-WA0094.jpg

    उक्त  प्रतियोगितामा बोधिसत्त्व स्कुलका विद्यार्थीहरूले स्वागत गीत, नृत्य, कविता वाचन, योग तथा नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालयका कप्तान आयाम भट्टले समेत मन्तव्य राखेका थिए।

    IMG-20260809-WA0040.jpg

    कार्यक्रमका सभापति तथा सानका अध्यक्ष दिलीप रेग्मीले समापन मन्तव्य राख्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अतिथि, विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा आयोजक टोलीप्रति आभार व्यक्त गरे। उनले विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका लागि सानले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए।

    IMG-20260809-WA0089.jpg

    images
    सोमवार, श्रावण २५ २०८३०७:१३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार