Oct 02 2026 | २०८३, आश्विन १६ गते

जेसीएल सिजन–२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित

जेसीएल सिजन–२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित

  • 573
    SHARES

  • जेसीएल सिजन–२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित

    काठमाडौं — नेरिक एकेडेमी शंखमूलले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन–२ मा लगातार दोस्रो जित हात पारेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा नेरिक एकेडेमीले चेल्सी वर्ल्ड स्कुललाई ३ विकेटले पराजित गरेको हो।

    यसअघि प्रतियोगिताको पहिलो दिन नेरिक एकेडेमीले एसिया प्यासिफिकलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। लगातार दोस्रो जितसँगै नेरिक एकेडेमीले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।

    IMG-20260810-WA0010.jpg

    चेल्सी वर्ल्ड स्कुलले पहिले ब्याटिङ गर्दै ५२ रन बनाएको थियो। चेल्सीका लागि प्रारम्भले सर्वाधिक १५ रन बनाय। नेरिक एकेडेमीका बलरहरूतर्फ अग्रिम बुढाथोकी र सुशान्तले समान २–२ विकेट लिए।

    ५३ रनको लक्ष्य पछ्याएको नेरिक एकेडेमीले ८.१ ओभरमा ५३/४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। नेरिकका लागि रोशनले १५ रन बनाए। चेल्सी वर्ल्ड स्कुलका बलरमध्ये स्पर्शाले २ विकेट, स्पर्शा पोखरेलले २ विकेट तथा अविन र सक्षमले १–१ विकेट लिए।

    IMG-20260810-WA0012.jpg

    उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ महत्वपूर्ण विकेट लिएका अग्रिम बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनको प्रभावकारी बलिङले नेरिक एकेडेमीलाई चेल्सीविरुद्धको खेलमा जित हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍यायो।

    प्रतियोगिताको पहिलो दिन एसिया प्यासिफिकविरुद्धको खेलमा पनि नेरिक एकेडेमीले उत्कृष्ट प्रदर्शन गरेको थियो। उक्त खेलमा नेरिकले ३७ रनको सहज जित निकालेको थियो। कप्तान अग्रिम बुढाथोकी उक्त खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनेका थिए।

    एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यले गरेका थिए।

    उद्घाटन कार्यक्रममा एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, काठमाडौं गोर्खाजका क्रिकेट निर्देशक शरद भेषावकर, एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापालगायतको उपस्थिति रहेको थियो।

    चेल्सी वर्ल्ड स्कुलविरुद्धको खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीका निर्देशक सञ्जय गुरुङ विशेष अतिथिका रूपमा उपस्थित थिए।

    IMG-20260810-WA0009.jpg

    नेरिक एकेडेमीका कोच तथा पूर्व राष्ट्रिय क्रिकेटर सोमेश यादवले भने, “लगातार दुई खेलमा जित निकाल्दै नेरिक एकेडेमीका युवा खेलाडीहरूले आफ्नो प्रतिभा, अनुशासन र टिमवर्क प्रदर्शन गरेका छन्। विद्यालयले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउँदै विद्यार्थीको प्रतिभा विकास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा निरन्तर जोड दिँदै आएको छ।” खेलौं, सिकौं, उत्कृष्ट बनौं — नेरिक एकेडेमी! 💙💛

    images
    सोमवार, श्रावण २५ २०८३०९:०३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार