Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सरोकार !

नेपाल शिक्षक महासंघको ३४ बुदे माँगपत्र सहित रिले अनसन शुरु

नेपाल शिक्षक महासंघको ३४ बुदे माँगपत्र सहित रिले अनसन शुरु

  • 2.0K
    SHARES

  • नेपाल शिक्षक महासंघको ३४ बुदे माँगपत्र सहित रिले अनसन शुरु

    नेपाल शिक्षक महासङ्घले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन शुरु गरेकाछन । आफ्ना माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि रिले अनसन बस्न बाध्य भएको चितवन बाट शिक्षक गायत्री सर्माले बताउनु भयो।

    कोभिड-१९ महामारीको विचमा पनि बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्तर्गत साउन आज साउन १५ गते देखि रिले अनसन शुरु गरेको हो।

    नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले शिक्षकका महत्वपुर्ण माग लिएर आन्दोलनमा गएको र यसलाई निर्णायक अवस्थामा पुर्याएर मात्रै आन्दोलन बाट फिर्ता हुने बताउनु भयो । साथै उहाँले सबै शिक्षक, कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन समेत आग्रह गर्नु भएको छ ।

    साउन १५ गते हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना , जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बस्दै छन। FB_IMG_1627614185979.jpg

    FB_IMG_1627611931808.jpgअनसन बिहान ८ बजे बाट सुरु भएर दिउसो ४ बजे सकिने महासंघले जनाएको छ । मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।

    हेर्नुस मागपत्र सहित received_553343272478802.jpegreceived_2876674942646695.jpegreceived_967090490708488.jpegreceived_411739860235875.jpeg

    received_1231971353907898.jpeg

    images
    शुक्रवार, श्रावण १५ २०७८०८:४१:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार