Oct 02 2026 | २०८३, आश्विन १६ गते

पोखरा विश्वविद्यालयका भाद्र ११ गतेका परीक्षा स्थगित

पोखरा विश्वविद्यालयका भाद्र ११ गतेका परीक्षा स्थगित

  • 224
    SHARES

  • पोखरा विश्वविद्यालयका भाद्र ११ गतेका परीक्षा स्थगित

    काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशभर असहज परिस्थिति सिर्जना भएपछि पोखरा विश्वविद्यालयले भाद्र ११ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको छ।

    पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै हालको विषम परिस्थितिलाई मध्यनजर गरी Spring 2026 अन्तर्गत २०८३ भाद्र ११ गतेका लागि निर्धारित विषयहरूको परीक्षा मात्र स्थगित गरिएको जनाएको हो।

    स्थगित परीक्षा पछि सञ्चालन हुने र त्यसको नयाँ मिति पछि प्रकाशन गरिने परीक्षा नियन्त्रक राजु पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।

    विश्वविद्यालयले सम्बन्धित विद्यार्थी तथा सरोकारवालालाई नयाँ परीक्षा तालिकाबारे प्रकाशित हुने सूचनामार्फत जानकारी लिन आग्रह गरेको छ।

    FB_IMG_1787793324397.jpg

    images
    बिहिवार, भाद्र ११ २०८३०७:०३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार