Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार नियुक्त

त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार नियुक्त

  • 244
    SHARES

  • त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार नियुक्त

    काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा. भोला थापाको सल्लाहकारमा पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. ज्योति तण्डुकार नियुक्त भएका छन्।

    त्रिवि कार्यकारी परिषद्को भदौ १७ गते बसेको बैठकको निर्णयअनुसार तण्डुकारलाई उपकुलपतिको सल्लाहकारमा नियुक्त गरिएको हो। उपकुलपतिको कार्यालयले बिहीबार नियुक्तिसम्बन्धी पत्र जारी गरेको छ।

    पत्रअनुसार डा. तण्डुकारले त्रिवि ऐन, नियम तथा विनियमअनुसार उपकुलपतिले गर्ने काम–कारबाहीमा आवश्यक परामर्श दिने तथा विश्वविद्यालयको हित र सरोकार राख्ने सम्बन्धित पक्षसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

    त्यसैगरी, विश्वविद्यालयमा सूचना प्रविधि (IT) तथा IT Enabled Services को विकास र प्रयोग विस्तार गर्न तथा विश्वविद्यालयको संरचनागत र प्रक्रियागत सुधार (Structural and Process Reform) अघि बढाउन उपकुलपतिलाई सहयोग गर्ने जिम्मेवारीसमेत तण्डुकारलाई दिइएको छ।

    नियुक्तिपत्रमा तण्डुकारको पदावधि उपकुलपति थापाको पदावधि कायम रहेसम्म हुने उल्लेख छ। उनको सेवा–सुविधा त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १८० बमोजिम कार्यकारी निर्देशकसरह हुने जनाइएको छ।

    उपकुलपति थापाले हस्ताक्षर गरेको नियुक्तिपत्रको बोधार्थ शिक्षाध्यक्ष, रजिस्ट्रार, इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालय, पुल्चोक क्याम्पस, कर्मचारी प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा र सूचना तथा जनसम्पर्क महाशाखालाई पठाइएको छ।

    Screenshot_20260904_072326_Facebook.jpg

    images
    शुक्रवार, भाद्र १९ २०८३०७:३२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार