Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिन फुट्सल उद्घाटन : छात्रातर्फ चार टोली सेमिफाइनलमा

डिन फुट्सल उद्घाटन : छात्रातर्फ चार टोली सेमिफाइनलमा

  • 331
    SHARES

  • डिन फुट्सल उद्घाटन : छात्रातर्फ चार टोली सेमिफाइनलमा

    काठमाडौं । डाइनामिक एजुकेसनल एसोसिएसन नेपाल (डिन) को आयोजनामा फुट्सल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन छात्रातर्फ समूह चरणका खेल सम्पन्न भएका छन्।

    IMG-20260918-WA0048.jpg

    टेक्सास इन्टरनेसनल कलेजको फुट्सल मैदानमा भएको छात्रा विधाको समूह चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट समूह ‘ए’ बाट हिमशिला स्कुल र लालीगुराँस बाटिका सेकेन्डरी स्कुल तथा समूह ‘बी’ बाट ज्ञानमाला इङ्लिस हाइस्कुल र स्काइलाइट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।

    IMG-20260918-WA0051.jpg

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष तथा डिनका प्रमुख सल्लाहकार सूर्य भण्डारीले डिनले विद्यार्थीको क्षमता विकासलाई केन्द्रमा राखेर नियमित रूपमा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताए। उनले खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै डिनले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमको प्रशंसा गरे।

    IMG-20260918-WA0066.jpg

    कार्यक्रमका सभापति तथा डिनका अध्यक्ष अनिलकुमार सुब्बाले प्रतियोगितामा सहभागी विद्यार्थीले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्न सकून् भन्ने उद्देश्यले डिनले आवश्यक वातावरण निर्माण गरेको बताए।

    डिनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। प्रतियोगिताअन्तर्गत शनिबारदेखि ब्वाइज बास्केटबलको समूह चरणका खेल सुरु हुने आयोजकले जनाएको छ।

    IMG-20260918-WA0069.jpg

    images
    शुक्रवार, आश्विन २ २०८३०८:३७:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार