Oct 02 2026 | २०८३, आश्विन १६ गते

कामना कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्तीर्णलाई बिदाइ

कामना कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्तीर्णलाई बिदाइ

  • 701
    SHARES

  • कामना कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्तीर्णलाई बिदाइ

    काठमाडौं । काठमाडौंको सानोभर्‍याङस्थित कामना इन्टरनेशनल स्कुल तथा कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ र स्नातक तह उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कामना फाउन्डेसनका अध्यक्ष पदमप्रसाद भट्टराईको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेशकुमार जोशीको प्रमुख आतिथ्यता रहेको थियो।

    IMG-20260918-WA0489.jpg

    कार्यक्रममा काठमाडौं महानगरपालिका–१५ की शिक्षा विभाग प्रमुख मैया लक्ष्मी महर्जन, विभिन्न शैक्षिक संस्थाका प्रमुख, शिक्षाविद्, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कलेजका सल्लाहकार प्रो. डा. वासुदेव खनाल र सीता शाह कार्यक्रममा सहभागी थिए।

    IMG-20260918-WA0588.jpg

    कार्यक्रममा कामना इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख महेश श्रेष्ठले कलेजको उद्देश्य विद्यार्थीलाई शैक्षिक रूपमा मात्रै नभई सामाजिक, व्यावहारिक तथा पारिवारिक ज्ञान र व्यवहारमा समेत सक्षम बनाउनु रहेको बताए। उनले विद्यार्थीको समग्र विकासमार्फत सफल र जिम्मेवार व्यक्तित्व निर्माणमा कलेजले जोड दिँदै आएको उल्लेख गरे।

    IMG-20260918-WA0234.jpg

    कलेजका सल्लाहकार प्रो. डा. वासुदेव खनालले विद्यार्थीले बुझ्नुपर्ने, जान्नुपर्ने र जीवनमा आत्मसात् गर्नुपर्ने नैतिक तथा नीतिगत शिक्षाका विभिन्न पक्षबारे प्रकाश पारे।

    प्रमुख अतिथि सुरेशकुमार जोशीले निजी क्षेत्रका शैक्षिक संस्थाले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको राज्यले कदर गर्नुपर्ने बताए। उनले कक्षा १२ पछि विद्यार्थी विदेशिने क्रमप्रति चिन्ता व्यक्त गर्दै त्यसका कारण पहिचान गरी समाधानका लागि राज्यले प्रभावकारी पहल गर्नुपर्ने धारणा राखे।

    IMG-20260918-WA0205.jpg

    कार्यक्रमका सभापति तथा कामना फाउन्डेसनका अध्यक्ष पदमप्रसाद भट्टराईले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्य र सफल जीवनका लागि कलेज निरन्तर प्रतिबद्ध रहेको बताए।

    IMG-20260918-WA0315.jpg

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, विद्यार्थीको समग्र विकासका लागि गठन गरिएको Students Council 2083 का पदाधिकारीलाई ब्याच हस्तान्तरण गरिएको थियो। परिषद्को अध्यक्षमा कक्षा १२ का विद्यार्थी आर्जित रायमाझी चयन भएका छन्।

    IMG-20260918-WA0097.jpg

    कक्षा ११ का नवआगन्तुक विद्यार्थीबीच आयोजित Fresher's Competition मा Miss Fresher 2083 को उपाधि कुसुम भण्डारी र Mr. Fresher 2083 को उपाधि समयम लिम्बुले हात पारे।

    IMG-20260918-WA0250.jpg

    सो अवसरमा कक्षा १२ तथा स्नातक तह चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक–शिक्षिकाको समेत उल्लेखनीय सहभागिता थियो।

    IMG-20260918-WA0453.jpg

    मेहनत, लगनशीलता र जिम्मेवारीपूर्वक अध्यापन गरी उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्‍याउने, शतप्रतिशत नतिजा ल्याउन सफल विषयगत शिक्षक–शिक्षिका तथा विद्यालयमा सबैभन्दा बढी दिन उपस्थित हुने शिक्षक–शिक्षिकालाई प्रमुख अतिथि जोशीको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

    IMG-20260918-WA0588.jpgIMG-20260918-WA0105.jpg

    कार्यक्रमको सञ्चालन कामना इन्टरनेशनल स्कुलका बिहानी सत्रका कोअर्डिनेटर लक्ष्मीकान्त खनालले गरेका थिए भने कामना इन्टरनेशनल कलेजका अर्थशास्त्र विभाग प्रमुख अर्जुनप्रसाद भेटुवालले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम औपचारिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको थियो।

    IMG-20260918-WA0249.jpgIMG-20260918-WA0349.jpgIMG-20260918-WA0369.jpgIMG-20260918-WA0569.jpgIMG-20260918-WA0704.jpg

    images
    शनिवार, आश्विन ३ २०८३०७:४५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार