Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिन अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न

डिन अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न

  • 950
    SHARES

  • डिन अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न

    काठमाडौं । डाइनामिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) काठमाडौंको आयोजनामा सञ्चालन भएको डिन अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। असोज २ गतेदेखि ४ गतेसम्म काठमाडौंको मित्रपार्कस्थित टेक्सस इन्टरनेसनल कलेजमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्ण सहभागिता जनाएका थिए।

    IMG-20260920-WA0019~2.jpg

    विद्यार्थीमा खेलकुद प्रतिभाको विकास, स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि तथा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। छात्र तथा छात्रातर्फ सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीले उत्कृष्ट खेलकौशल प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए।

    IMG-20260920-WA0011.jpg

    प्रतियोगिताको छात्रातर्फ हिमशिला स्कुलले प्रथम स्थान हासिल गरेको छ। ज्ञानमाला स्कुल दोस्रो हुँदा स्काइलाइट स्कुल र लालिगुराँस स्कुलले तृतीय स्थान प्राप्त गरेका छन्। त्यस्तै, छात्रतर्फ नवजीवन स्कुल प्रथम, लालिगुराँस स्कुल दोस्रो तथा क्रिएसन एकेडेमी र माउन्ट सेब स्कुलले तृतीय स्थान हासिल गरेका छन्।

    IMG-20260920-WA0140~2.jpgIMG-20260920-WA0128~2.jpg

    प्रतियोगितामा छात्रातर्फ ज्ञानमाला ईङ्गिलिस स्कुलकी पासाङ भेटे उत्कृष्ट गोलकर्ता तथा जेनिसा कामिले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेकी छन्। हिमशिला स्कुलकी अञ्जिला के.सी. उत्कृष्ट गोलरक्षक घोषित भएकी छन्। 

    IMG-20260920-WA0135~2.jpgIMG-20260920-WA0112~2.jpg

    प्रतियोगिताको समापन समारोह डिनका अध्यक्ष अनिलकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका महासचिव आर.बी. कटुवाल, प्याब्सन बागमती प्रदेशका सहसचिव श्रीराम दाहाल, प्याब्सन काठमाडौंका सल्लाहकार गोविन्द फ्याक, उपाध्यक्ष सूर्यबहादुर भण्डारी, प्याब्सन मेट्रोका अध्यक्ष गगनसिंह ऐर, प्याब्सन काठमाडौंका जिल्ला सहसचिव सौर्य आचार्य, टेक्सस कलेजका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, निसानका महासचिव नवराज सापकोटा, काठमाडौं मेट्रो ईसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतको उपस्थिति रहेको थियो।

    IMG-20260920-WA0024~2.jpg

    समापन समारोहमा बोल्दै सभापति तथा डिनका अध्यक्ष अनिलकुमार सुब्बाले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद प्रतिभाको विकासमा पनि विद्यालयहरूले उत्तिकै ध्यान दिनुपर्ने बताए। उनले खेलकुद केवल प्रतिस्पर्धा गर्ने माध्यम मात्र नभई विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य, आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे।

    IMG-20260920-WA0095.jpg

    सुब्बाले विद्यालय तहबाटै विद्यार्थीको रुचि र प्रतिभा पहिचान गरी उनीहरूलाई खेलकुदमा अघि बढ्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए। यस्ता अन्तरविद्यालय प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनुका साथै विभिन्न विद्यालयका विद्यार्थीबीच सम्बन्ध र सहकार्य विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

    IMG-20260920-WA0151~2.jpg

    उनले डिनले शैक्षिक गतिविधिसँगै विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि खेलकुद, सिर्जनात्मक तथा अन्य अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताए। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय, शिक्षक, अभिभावक तथा शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

    IMG-20260920-WA0134~2.jpg

    त्यसैगरी समापन समारोहमा बोल्दै डिनका प्रमुख सल्लाहकार सूर्यबहादुर भण्डारीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। उनले विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको खेल प्रतिभा पहिचान गर्न मात्र नभई अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र टिमवर्कको भावना विकास गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

    IMG-20260920-WA0035.jpg

    भण्डारीले विद्यालयहरूले पठनपाठनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई आफ्नो रुचि र क्षमता प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुपर्ने बताए। अन्तरविद्यालय प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै विद्यालयहरूबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने उनको भनाइ थियो।

    IMG-20260920-WA0157~2.jpg

    प्रतियोगिताले विद्यालयबीचको सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ। फुटसलमार्फत विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै अनुशासन, टिमवर्क र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अवसर प्राप्त गरेका थिए।

    IMG-20260920-WA0113~2.jpg

    डिन अन्तरविद्यालय फुटसल प्रतियोगिता टेक्सस इन्टरनेसनल कलेजको सहयोगमा आयोजना गरिएको हो। प्रतियोगितामा युनिक पब्लिकेसनको सहयोग, मोडिकेयर अस्पतालको मेडिकल सपोर्ट तथा एरिना प्रोको मिडिया सपोर्ट रहेको थियो।

    विद्यार्थीलाई पठनपाठनसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै उनीहरूको प्रतिभा पहिचान तथा विकासका लागि निरन्तर अवसर सिर्जना गर्ने उद्देश्यले डिनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

    IMG-20260920-WA0011.jpgIMG-20260920-WA0014.jpgIMG-20260920-WA0076.jpg

    images
    सोमवार, आश्विन ५ २०८३०८:३३:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार