Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

  • 334
    SHARES

  • शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

    IMG-20260928-WA0001.jpg

    भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले पु¥याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    राजदूत भ्लादीमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताउनुभयो । उहाँले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।

    images
    सोमवार, आश्विन १२ २०८३०७:१७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार