Jul 27 2026 | २०८३, श्रावण ११ गते

गेटा मेडिकल कलेजलाई सु.प. विश्वविद्यालयमा ल्याउन संयुक्त विद्यार्थीको माग

गेटा मेडिकल कलेजलाई सु.प. विश्वविद्यालयमा ल्याउन संयुक्त विद्यार्थीको माग

  • 561
    SHARES

  • गेटा मेडिकल कलेजलाई सु.प. विश्वविद्यालयमा ल्याउन संयुक्त विद्यार्थीको माग

    कंचनपुर - गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन भन्दै संयुक्त विद्यार्थी सङ्गठनहरूले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    भौतिक निर्माण कार्य सकिएपनि हालसम्म मेडिकल कलेज सञ्चालनको सन्दर्भमा राज्यले देखाएको उदासिनताले चिन्तित भएको बताउँदै सुदूरपश्चिमका आठ विद्यार्थी सङ्गठनहरूले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझैँ तयार भएको छैन ।

     यस सन्दर्भमा सम्मानिय प्रधानमन्त्री ज्यु समक्ष हामी विद्यार्थी सङ्गठनहरू के धारणा राख्दछौँ भने पुरानो प्रणाली अन्तर्गत शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा नभई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत ल्याएर मेडिकल कलेजको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ ।

    यो विषयलाई सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धिसँगै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनुपर्ने र सो सन्दर्भमा प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सु.प. विश्वविद्यालय अन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरि आगामी बर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सुचारु गर्न राज्यसँग जोडदार माग गर्दछौँ ।’

    यस्तो छ ग्यापन पत्र !

    FB_IMG_1628758511203.jpg

    images
    बिहिवार, श्रावण २८ २०७८०७:३१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार