Jul 27 2026 | २०८३, श्रावण ११ गते

एकीकृत समाजवादी विद्यार्थीद्वारा मोदीको पुत्ला जलाउदै दार्चुला घटना बिरुद्ध गर्‍यो प्रदर्शन ।

एकीकृत समाजवादी विद्यार्थीद्वारा मोदीको पुत्ला जलाउदै दार्चुला घटना बिरुद्ध गर्‍यो प्रदर्शन ।

  • 490
    SHARES

  • एकीकृत समाजवादी विद्यार्थीद्वारा मोदीको पुत्ला जलाउदै दार्चुला घटना बिरुद्ध गर्‍यो प्रदर्शन ।

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटना विरुद्ध भारतीय प्रधानमन्त्री मोदिको पुत्ला गर्दै काठमाडौमा प्रदर्शन गरेको छ। संगठनले दार्चुलाका जयसिंह धामी प्रकरणमा भारतको विरोध गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन।

    यस अघि गत साउनमा दार्चुलाको ब्यास गाउँपालिकाका धामी तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिएको थियो । त्यसपछि महाकालीमा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।

    विद्यार्थीहरुले प्रदर्शनीमागमा भारतविरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले धामीलाई न्याय दिनुपर्ने, पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

    त्यसैगरी भारतीय विस्तारवाद मुर्दावाद! भारतीय हस्तक्षेप बन्दगर ! जय शिंह धामिलाइ न्याय दे लगायत भारतविरोधी नारा लगाएका थिए ।

    यसैबीच दार्चुलामा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर अनाधिकृत रुपमा नेपाली आकाशमा उडेको विषयमा समेत विद्यार्थी संगठनले छानबिन गर्नुपर्ने बताएका छन।

    Screenshot_20210903-200400_Facebook.jpgScreenshot_20210903-195827_Facebook.jpgScreenshot_20210903-193031_Facebook.jpgScreenshot_20210903-195839_Facebook.jpgScreenshot_20210903-195812_Facebook.jpg

    त्यसैगरी नेपालको तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार भारतको पिथौरागढका डिस्ट्रिक म्यास्टिेड (डीएम)लाई पत्र लेखेर सो विषयमा आपत्ति जनाएको थियो । शुक्रबार भने भारतीय हेलिकोप्ट नेपाली आकाशमा प्रवेश नगरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज ओझाले खबरहबलाई जानकारी दिए ।

     

    images
    शुक्रवार, भाद्र १८ २०७८०८:०९:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार