Jul 27 2026 | २०८३, श्रावण ११ गते

हेर्नुस: चिकित्सा शिक्षातर्फ ७५ % छात्रवृत्ति दिइने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेज (सूचीसहित)

हेर्नुस: चिकित्सा शिक्षातर्फ ७५ % छात्रवृत्ति दिइने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेज (सूचीसहित)

  • 862
    SHARES

  • हेर्नुस: चिकित्सा शिक्षातर्फ ७५ % छात्रवृत्ति दिइने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेज (सूचीसहित)

    काठमाडौं–सरकारले चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेजको सुची सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा तर्फ विभिन्न कार्यक्रम संचालन गर्ने सार्वजनिक शिक्षण सँस्थाको सुची तयार पारेको हो।

    यस अघि चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ विषय अध्ययन अध्यापनका लागि प्रवेश परीक्षा लिइ सकेको छ। चिकित्सा शिक्षा अध्यनको लागी यसपटक परीक्षामा झण्डै १० हजार विद्यार्थी उत्तीर्ण भएका छन् ।

    निजी र सार्वजनिक गरी झण्डै ५ हजार विद्यार्थीले चिकित्सातर्फको स्नातक तहमा अध्ययन गर्नेछन् । जसमा सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति पाउँछन् भने निजी शिक्षण संस्थामा स्वदेशी लगानीबाट संचालित भए १० प्रतिशत र विदेशी लगानीबाट संचालित भए २० प्रतिशत छात्रवृत्ति प्रदान हुन्छ ।

    आयोगले पहिलोपटक स्नातक तहका कार्यक्रकमो लागि एकीकृत प्रवेश परीक्षा लिएर परीक्षाफल प्रकाशित गरिसकेको थियो  ।

    छात्रवृत्ति पाउने एमबीबीएसतर्फ पढाइ हुने सार्वजनिक शिक्षण संस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्टान, महाराजगञ्ज मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना मेडिकल कलेज रहेका छन् । यी मेडिकल कलेजमा ७५ प्रतिशत विद्यार्थीले निःशुल्क एमबीबीएस पढ्न पाउनेछन् । विडिएसतर्फ भने महाराजगञ्ज र धरानमा मात्र ७५ प्रतिशत छात्रवृत्ति हुने उल्लेख छ ।

    त्यसैगरी विएस्सी नर्सिङ्गतर्फ १२ कलेज रहेका छन्, त्यसैगरी विएएसएलपिमा १, वि प्रिफियुजन टेक्नोलोजी १, विएएमएसमा २, विएनएस १३, विएनएस मिडवाइफ्रीमा ३, विएसी एमएलटीमा ७, विएसी एआर्इटीमा ३, विफर्मा ६, वी अप्थोमेट्रिमा २, विपिटी १ र विपिएच ८ वटा कलेजमा ७५ प्रतिशत छात्रावृत्ति रहेको छ ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार