Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौमा निषेधाज्ञा थप : शिक्षणसँस्था संचालन गर्न नपाइने ।

काठमाडौमा निषेधाज्ञा थप : शिक्षणसँस्था संचालन गर्न नपाइने ।

  • 429
    SHARES

  • काठमाडौमा निषेधाज्ञा थप : शिक्षणसँस्था संचालन गर्न नपाइने ।

    काठमाडौं - जिल्ला प्रशासन कार्यलय काठमाडौंले कोभिड- १९ जोखिम कायम रहेको भन्दै निषेधाज्ञा थप गरेको छ। असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुनेगरी निषेधाज्ञा थप गरेको हो । डीएमसीसीसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको हो ।

    जिल्ला प्रशासनले जारी गरेको सूचनामा बिद्यालय पठनपाठन गर्न नपाइने र गर्नैपर्ने भएमा महानगर तथा नगरपालिकाहरुले आ आफ्नो पालिका स्तरमा संक्रमणको विश्लेषण गर्ने र शिक्षक, कर्मचारीले, गाडी चालक, क्यान्टिन सन्चालक तथा बिद्यालय संचालक समितिका पदाधिकारीले अनिवार्य कोभिड विरुद्ध खोप लगाउनुपर्ने र सरकारले लागू गरेको स्मार्ट लकडाउन अनुरुप मात्रै संचालन गर्न पाइने बताइएको छ।

    यसैगरी कोरोना सङ्क्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

    जिल्ला प्रशासन कार्यलय काठमाडौले जारी गरेको आदेश यस्तो छ।

    Screenshot_20210916-185014_Facebook.jpg

    images
    बिहिवार, भाद्र ३१ २०७८०७:०५:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार