Oct 02 2026 | २०८३, आश्विन १६ गते

अनलाइनको शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा तालाबन्दी।

अनलाइनको शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा तालाबन्दी।

  • 435
    SHARES

  • अनलाइनको शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा तालाबन्दी।

    भैरवा- कोभिड- १९ जोखिमको अवस्थामा अनलाइन कक्षा संचालन गरे बापत पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा तालाबन्दी गरेको छ।

    एमाले निकट अनेरास्ववियुले भौतिक उपस्थिति नभएको बेला समेत पूरा शुल्क लिएको भन्दै तालाबन्दी गरेको हो।

    क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभै यबंम क्याम्पसको कुनै पनि प्रयोगात्मक सामाग्री प्रयोग नगरी आफ्नै श्रोत साधनको परिचालन गरि लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएको ले ताला लगाउन बाध्य भएको अनेरास्ववियु को प्रतिनिधिले बताए ।

    लकडाउन अवधीभरको शैक्षिक शुल्कमा छुट दिने सरकारले गरेको निर्णयलाई तत्काल कार्यन्वयन गरि विद्यार्थीले तिरेको रकम अबिलम्ब फिर्ता गर्न अनेरास्ववियुले माग गरेको छ ।

     

    images
    शनिवार, आश्विन २ २०७८०७:३८:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार