सोमवार, आश्विन ४ २०७८
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक परिक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने ४ बर्षे स्नातक तहको परिक्षा दिने व्यवस्था तथा शिक्षाशात्र संकाय र बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानका नियमित तथा आंसिक परिक्षार्थि हरुको आवेदन फारम खोलेको छ।
आवेदन भर्नको लागि २०७८/६/५ गते देखि २०७८ कार्तिक १० गते सम्म नियमित दस्तुर र म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित कार्तिक १७ गते सम्म फारम भरी बुझाउनु पर्ने सुचना मा जानकारी गराएको छ।
फारम भर्नको लागि काठमाडौ उपत्यका भित्रका क्याम्पसहरुले त्रिबि /किर्तिपुर स्थित नेपाल बैंक लिमिटेडको खाता नंबर ०४५११६०००९९११०००००१० अर्थात ग्लोबल बैंक को खाता नंम्बर ०५०१०१००००५०० मा परिक्षा फारम सुल्क तिरेर पनिकाको नाममा बैंक भौचर सहित पनिकामा फारम बुझौन सकिने जनाएको छ।

