मंगलवार, आश्विन ५ २०७८
काठमाडौं – चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशी तर्फको पूर्वमनोनयनको नयाँ सूची निकालेको छ। आयोगले यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेको थियो। उजुरी परेपछि आयोगले छानबिन गर्दै नयाँ सूची निकालेको हो।
आयोगले २८ भदौमा पूर्वमनोनयनको लागि सूची प्रकाशित गरेको थियो। मनोनयनको सूचीमा स्वीकृत भएका उम्मेदवारले ७ गते ५ बजेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा सहमत वा असहमत भए जानकारी गराउन आग्रह गरेको छ।
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा बिदेशितर्फको म्याचिङ हुने सिटना पुर्वमनोनयन सम्बन्धि सूचना ।
पूरा विवरण हेर्न https://drive.google.com/file/d/1CJammmugZS5dMCkU95cm5iJPboCaGPZZ/view?usp=drivesdk लिङ्क मा क्लिक गर्नुस ।


