बुधवार, कार्तिक १० २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पतालले महाराजगन्जमा हाउस अफिसर पदमा करारका लागि आवेदन खुल्ला गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको हो ।
अस्पतालको सूचना अनुसार एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त डाक्टरले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरु पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । योग्यता पुगेको इच्छुक व्यक्तिले कार्तिक १५ गते भित्र रु. २००० शुल्क निवदेन दिनुपर्ने छ।
