Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा

संसारकै ठुलाे किताब जाे एक पाना पल्टाउन ६ वना चाहिन्छन्

संसारकै ठुलाे किताब जाे एक पाना पल्टाउन ६ वना चाहिन्छन्

  • 391
    SHARES

  • संसारकै ठुलाे किताब जाे एक पाना पल्टाउन ६ वना चाहिन्छन्

    उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ । किताबमा इलाकाका वातावरण, गुफा र भूभागको संरचनाबारे जानकारी दिइएको छ । बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले भनेका छन्, ‘यो किताब यो क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न छ । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ ।’ किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ । एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि यसको एउटा सानो कपी पनि तयार गरिएको छ । यसको तौल ११ किलोग्राम छ । यी दुई किताबलाई एकसाथ तयार गरिएको थियो । वर्गाले भने, ‘मैले भुटानका प्रधानमन्त्रीबाट विशेष रुपमा चौरीको पुच्छर प्राप्त गरेको छु । भुटानमा चौरीको पुच्छर बौद्ध भिक्षुले पवित्र किताब सफा गर्नका लागि गर्छन् । यो धुलो हटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । म यसैमार्फत् किताबको धुलो हटाउँछु ।’

    images
    मंगलवार, कार्तिक ४ २०७७०५:४२:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार