Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक, स्थानीय तहका ११९ जनालाई निःशुल्क प्राबिधिक शिक्षा दिने ।

प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक, स्थानीय तहका ११९ जनालाई निःशुल्क प्राबिधिक शिक्षा दिने ।

  • 613
    SHARES

  • प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक, स्थानीय तहका ११९ जनालाई निःशुल्क प्राबिधिक शिक्षा दिने ।

    हेटौँडा - मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नियुक्ति पछि बसेको बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहबाट एक–एक जना गरि ११९ जना विद्यार्थीलाइ निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने भएको छ ।

    मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विपन्न परिवारका अल्पसङ्ख्यक, सिमान्तकृत र दलित समुदायकामध्येबाट छनोट गरी ११९ जना जना विद्यार्थीलाई तीन वर्षे प्राविधिक शिक्षा सरकारको सहयोगमा उपलब्ध गराउनेदिने निर्णय गरेको हो ।

    यसरी अध्ययनको सुविधा पाएका विद्यार्थीले पाँच वर्षसम्म आफ्नो पालिका क्षेत्रमा बसेर काम गर्नुपर्ने गरी कार्यविधि बनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    images
    शुक्रवार, कार्तिक १२ २०७८०८:०७:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार