बिहिवार, कार्तिक १८ २०७८
चितवन - भरतपुर महानगरपालिका स्थित नारायणी नमुना मा.बि. ले तिहार बिशेश कार्यक्रम कार्यगरेको छ। ECA ( Extra Curriculum Activities) क्लब द्वारा गरिएको साँस्कृतिक कार्यक्रम विभिन्न साँस्कृतिक गित तथा नृत्य सहित देउसी भैलो खेल्दै सम्पन्न भएको हो। 
कार्यक्रम देउसी भैलो र यसको सामाजिक र साँस्कृतिक पक्षको महत्वबारे विद्यार्थीलाई संदेश प्रबाह गर्ने उदेश्य ले आयोजित गरिएको बताइएको छ।
कार्यक्रममा शिक्षाविद् तथा भरतपुर महानगरका शिक्षा समितिका सदस्य बाबुराम दवाडी , बिद्यालयका प्र.अ. पुर्ण प्रसाद दवाडी, भुपु प्र.अ. टेक बहादुर थापा, लगाएत स्थानीय बुद्धिजीवी र शिक्षक हरुको सहभागी रहेको थियो।
कार्यक्रममा शिक्षाविद् दवाडिले विद्यार्थी लाई दिपावली, तिहारमा खेलिने देउसी भैलोको बारे जानकारी र सामाजिक साँस्कृतिक रुपमा परेका सकारात्मक संदेशको बारे महत्वोपुर्ण मन्तव्य दिनु भयो। कार्यक्रममा ECA (Extra Curriculum Activities) क्लब का अध्यक्ष बिजय भुसालले सभापतिको भुमिका निर्बाहा गर्नुभएको थियो भने स्काउटमा रहेका विद्यार्थीहरुले स्वयंसेवक को भुमिका निर्बाहा गरेका थिए ।