मंगलवार, कार्तिक ३० २०७८
काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा प्रतिष्ठानलाई तोकेको भन्दा बढी शुल्क लिए कार्बाही गरिने बताएको छ।
आयोग द्वारा एक सूचना जारी गर्दै तोकिए भन्दा बढी शुल्कनलिन ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ को खण्ड (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क समावेश गरी तोकिएको शुल्कबाहेक अन्य शुल्क विद्यार्थीहरुसँग नलिन भनेको छ।
शिक्षण संस्थाहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि अभिभावक तथा विद्यार्थीहरुले आयोगमा उजुरी गर्न थालेका छन्।
हरेक वर्ष चिकित्सा शिक्षाको शुल्क सरकारले निधारण गरे पनि शिक्षण संस्था तथा प्रतिष्ठानहरुले कुनै न कुनै बहानामा विद्यार्थीहरुसँग थप शुल्क असुल्ने गरेका छन्। यसकारण विद्यार्थीहरु पटक–पटक आन्दोलनमा पनि उत्रिनुपरेको थियो।
आयोगले विद्यार्थीहरुलाई कुनै गुनासो तथा उजुरीहरु भए आफू अध्ययनरत विश्वविद्यालय वा प्रतिष्ठानमार्फत् कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएको छ।
