शुक्रवार, मंसिर २४ २०७८
भौतिक विज्ञानले अब जीवनलाई मात्र हैन, मृत्युलाई पनि सहज बनाउँदैछ । स्विटर्जल्याण्डले एउटा कफिन आकारको मशीनलाई मान्यता दिएको छ, जसलाई ‘मृत्यु मशीन’ भनिएको छ ।
यो यस्तो मशीन हो, जसको सहायताबाट मानिसले एक मिनटमै कुनै पीडाबिना शान्तिपूर्ण ढंगले मृत्युलाई अंकमाल गर्नसक्छ । मशीनभित्र मानिस बसेपछि अक्सीजनको स्तर निकै कम हुँदै जान्छ, जसले गर्दा थाहै नपाइ हाइपोक्सिया र हाइपोक्यानियाबाट प्रयोगकर्ताको मृत्यु हुनपुग्छ ।
एक्जीट इन्टरनेशनल नामक संस्थाका डाइरेक्टर डा. फिलिप निटस्केले यो ‘मृत्यु मशीन’ बनाएका हुन् । यसैकारण निर्देशक डा. फिलिपलाई अचेल विश्वभरी ‘डा. डेथ’ भन्न थालिएको छ । यो मशीनको नाम ‘सार्को’ राखिएको छ ।
स्विटर्जल्याण्डमा इच्छामृत्युले कानूनी मान्यता पाइसकेको छ । एग्जिट इन्टरनेशनलका अनुसार गत वर्ष स्विटर्जल्याण्डमा अरु कसैको सहयोगमा १३ सय जनाले आत्महत्या गरेका थिए । अहिले डा. फिलिप अर्थात ‘डा. डेथ’ले बनाएको मशीन त्यस्ता मानिसहरुका लागि उपयोगी हुनसक्छ, जो विभिन्न रोगका कारण हिंडडुल गर्न सक्दैनन् र ‘आफैलाई भार भयो, आज आफ्नै जिन्दगी’ भने झैं हुन्छ ।
‘यदि कुनै आकस्मिक कठिनाइ भएन भने हामी अगामी वर्ष सार्को मशीनलाई देशभरी उपलब्ध गराउनेछौं । अहिलेसम्म यो निकै खर्चालु योजना हो, तर हामीलाई विश्वास छ अब यो कार्वान्वयनको निकै नजिक छ’, डा. डेथले भनेका छन् ।
सार्को मशीनलाई भित्र बसेर पनि संचालन गर्न सकिन्छ । रोगी व्यक्ति मशीनभित्र आँखा बन्द गरेर पनि यो मशीन चलाउन सक्छ र आफुलाई सहज मृत्युतर्फ अघि बढाउनसक्छ । यो मशीनमा बायोडिग्रेबल क्याप्सूल राखिएको छ, जसलाई शव राख्ने बाकस (कफीन) झैं प्रयोग गर्न सकिन्छ । #सामाजिक संजाल बाट !