आइतवार, मंसिर २६ २०७८
जुम्ला - राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशमा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान शिक्षण अस्पतालमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज शुभारम्भ गरेकी छिन्।
हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी हुन् ।
योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् ।
पढाइको औपचारिकताको शुभारम्भ संगै राष्ट्रपति भण्डारीले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेकाे बताइएको छ।
राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डाक्टर मङ्गल रावलले बताए।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो।