Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमै पहिलो पटक पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम शुरु।

नेपालमै पहिलो पटक पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम शुरु।

  • 607
    SHARES

  • नेपालमै पहिलो पटक पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम शुरु।

    काठमाडौ - कान्ति बाल अस्पतालले नेपालमै पहिलो  पटक पेडियाट्रिक  क्रिटिकल केयर (Pediatric Critical Care) नर्सिङ कार्यक्रम सुरु गरेको छ।

    अस्पतालले आजदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो।

    तीन वर्षे यो कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगले कान्तिलाई २० जनाको कोटा छुट्याएको छ।

    ‘नेपालमा विभिन्न निजी तथा सरकारी कलेजमा पिसिएल र ब्याजलर तहका धेरै संख्यामा छन्। तर, यो कार्यक्रमले झन् दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्नेछ,’ डा. रायमाझीले भने।

    यस कार्यक्रमबाट कान्ति अस्पतालमा देखिएको आइसीयू इमरजेन्सीको नर्सिङ जनशक्तिको समस्यालाई दीर्घकालिन समाधान हुने उनले बताए।

    बालबालिकाको लागि पेडियाट्रिक तथा क्रिटिकल केयरका लागि छुट्टै नर्सिङ जनशक्ति आवश्यक रहेको भन्दै बच्चाको उपचार यस कार्यक्रम महत्वपूर्ण भएको उनले जानकारी दिए।

    ‘हामीले विभिन्न विधामा १५० भन्दा बढी बालरोग विशेषज्ञ उत्पादन गरी देशका दुर्गम ठाउँमा पठाएका छौं,’ डा. रायमाझीले भने, ‘ पेडियाट्रिक तथा क्रिटिकल केयरको यस कार्यक्रमले नर्सिङ दक्षजनशक्ति उत्पादन गर्नेछ।’  

    तीन वर्षे यो कार्यक्रमका लागि पहिलो वर्ष बेसिक साइन्स लगायतका विषयको अध्ययन र प्रयोगात्मक अभ्यास कान्ति र वीर अस्पताल नर्सिङ क्याम्पसमा हुने र दोस्रो र तेस्रो बर्ष क्लिनिकल प्राक्टिस कान्तिमै हुनेछ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार