Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फाराम पुष १४ देखि खुल्ने।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फाराम पुष १४ देखि खुल्ने।

  • 718
    SHARES

  • चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फाराम पुष १४ देखि खुल्ने।

    काठमाडौं - चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ ।

    आयोगले यो शैक्षिक सत्रका लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान अन्र्तगतका शिक्षण संस्थाहरुद्वारा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्र्तगतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाको लागि लिईने एकीकृत प्रवेश परीक्षाका लागि पुष १४ गतेदेखि बिहान १० बजेदेखि माघ २० गते अपरान्ह ५ बजेसम्म अनलाईन आवेदन भर्न सूचना जारी गरेको छ ।

    एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफर्युजन टेक्नोलोजी पहिलो दिन, बीएमएस, बीएनएस, बीएससी एमआईटी, बी फार्मा, बी एप्टोमेट्री, बीपीटी दोस्रो दिन, बीपीएच तेस्रो दिन परीक्षा हुनेछ ।

    पहिलो दिन सञ्चालन हुने सबै शैक्षिक कार्यक्रमहरुका लागि लिईने परीक्षाको प्रश्नपत्र एउटै हुनेछ । दोस्रो दिनको शैक्षिक कार्यक्रमहरुका लागि लिईने परीक्षा छुट्टाछुट्टै प्रश्नपत्रबाट एउटै समयमा सञ्चालन हुने उल्लेख गरेको छ । सबै शैक्षिक कार्यक्रमको पूर्णाङ्क २ सय र परीक्षा समयावधि तीन घण्टाको हुनेछ ।

    एउटै विद्यार्थीले विभिन्न विषयमा आवेदन दिन चाहेमा परीक्षा नजुध्ने विषयहरुमा आवेदन दिन आयोगले भनेको छ । नेपाली आवेदकको लागि ४ हजार र विदेशी आवेदकको लागि ८ हजार आवेदन शुल्क तोकेको छ ।

    यस्तै अनलाइन आवेदन फाराम पेश गर्नकोलागि तोकिएको समयावधीभित्र आफूलाई पायक पर्ने हिमालयन बैंङ्कको कुनैपनि शाखामा चल्ती खातामा आवेदश शुल्क वापतको रकम भौचर मार्फत नगद जम्मा, मोबाईल बैंकिङ, सेल पे, कनेक्ट आईपीएस, ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे, क्यूपे नेपाल, मोईन, भिसा मास्टर कार्ड, अमेरिकन एक्सप्रेस एन्ड यूनियन पे इन्टरनेसनल को माध्यामबाट समेत शुल्क बुझाउन सकिने आयोगले जनाएको छ ।

    आवेदन शुल्क बुझाउँदा अनिवार्य रुपमा कारोबार नम्बर (ट्रान्जेक्सन नम्बर) तथा फाराम भर्न प्रयोग हुने उम्मेद्वारको स्वयमको मोबाइल नम्बर प्रष्ट उल्लेख गर्नुपर्नेछ ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार