बिहिवार, पौष १५ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा कानुन संकाय तीन बर्षे एलएलबी (B.A.LL.B.) प्रथम बर्ष नियमित तर्फको परिक्षा तालिका प्रकाशित भएको छ।
बार्षिक परिक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने तीन बर्षे बिएएलएलबी तर्फ प्रथम बर्षको (नयाँ पाठ्यक्रम) नियमित परिक्षा दिने विद्यार्थी हरुको मिति २०७८/१०/ १३ देखि २९ सम्म संचालन हुने जनाएको छ। परिक्षा बिहान ८ बजे देखि ११ बजे सम्म संचालन हुने जानकारी दिएको छ।
त्यसैगरी केही विद्यार्थी परिक्षा फारम भर्न छुटेकाले पौष २८ सम्म दोब्बर शुल्क तिरी संबन्धित क्याम्पसमा बुझाउन समेत जानकारी दिएको छ।
