Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेडिकल कलेजको ठगिधन्दा विरुद्ध ७ विद्यार्थी संगठनले आन्दोलन गर्ने।

मेडिकल कलेजको ठगिधन्दा विरुद्ध ७ विद्यार्थी संगठनले आन्दोलन गर्ने।

  • 918
    SHARES

  • मेडिकल कलेजको ठगिधन्दा विरुद्ध ७ विद्यार्थी संगठनले आन्दोलन गर्ने।

    काठमाडौ -  काठमाडौं विश्वविद्यालय मातहतका कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित शुल्क लिएकोप्रति सात विद्यार्थी संगठनले विरोध जनाएका छन्।

    एक बिग्यप्ती जारी गर्दै विभिन्न बहानामा लाखौं रुपैयाँ अतिरिक्त शुल्क लिदै ठगी गरेको प्रती विद्यार्थी संगठनहरुले बिरोध जनाएका हुन्। सात विद्यार्थी संगठनले विज्ञप्ति निकालेर विद्यार्थीहरुको जायज माग सम्बोधन गर्न माग समेत गरेका छन्।

    उनिहौले काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले MBBS, BDS र Bsc Nursing को लागी  राज्यले तोकेको भन्दा बढी शुल्क ठगी धन्दा चलाएको भन्दै आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

    बिग्यप्तिमा भनिएको छ '' नेपालका मेडिकल कलेज हरुले बिगत लामो समय देखि विद्यार्थीहरु माथी ठगी गरिरहेका छन। यसैको शृङ्खलाको रुपमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क मापदण्ड बिपरित आफुखुसी विभिन्न बाहनामा लाखौ नाजायज शुल्क लिएको गुनासो आएको र विद्यार्थी हरु आन्दोलन भएको प्रती गम्भीर ध्यानाकर्षण भएको छ। ''

    त्यसैगरी विद्यार्थीका जायज माग हरु प्रती ऐक्यबद्धता जनाउदै अन्यथा विद्यार्थीको पक्षमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र त्यसबाट हुने क्षेतीको स्वयं जिम्मेवार हुनु पर्ने बताएका छन्।Screenshot_20211231-162204_Facebook.jpg

    विज्ञप्ति निकाल्नेमा काग्रेस निकट नेविसंघका अध्यक्ष राजिव ढुंगाना, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर छन्।

    यस्तो छ बिग्यप्तिको पुर्ण पाठ।

    Screenshot_20211231-155527_Facebook.jpg

    images
    शुक्रवार, पौष १६ २०७८०४:१७:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार