Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट। बिज्ञापन सहित।

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट। बिज्ञापन सहित।

  • 1.4K
    SHARES

  • नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट। बिज्ञापन सहित।

    काठमाडौ - नेपाली सेनाले दुई सय २२९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर अधिकृत क्याडेट माग गरेको हो।

    खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ भने खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।

    निर्देशनालय सूचना अनुसार माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ।

    १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्। पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ। 

    दरखास्त दिनको लागि सैनिक निर्देशनालय को वेबसाईट www.nepalarmy.mil.np मा गरेर फारम भर्न सक्ने  जनाएको छ।

    यस्तो छ बिज्ञापन

    FB_IMG_1641085565328.jpgFB_IMG_1641085567326.jpgFB_IMG_1641085569567.jpgFB_IMG_1641085571531.jpg

    images
    आइतवार, पौष १८ २०७८०८:३४:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार