Jul 27 2026 | २०८३, श्रावण ११ गते

तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको पत्र।

तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको पत्र।

  • 764
    SHARES

  • तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको पत्र।

    काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस (MBBS) अध्ययनरत विद्यार्थीहरुबाट चिकित्सा शिक्षक आयोग द्वारा तोकिएको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही गर्न गृह मन्त्रालयले पत्र पठाएको छ ।

    मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुलाई अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कारवाही गर्न निर्देशनात्मक पत्र पठाएको हो ।

    मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, चितवन, कास्की, भक्तपुर, सुनसरी, धनुषा, रुपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर कारवाही गर्न निर्देशन दिएको बताइएको छ।

    बिद्यार्थीहरुले विभिन्न मेडिकल कलेजहरुले अतिरिक्त शुल्क मागेको र सो शुल्क नबुझाए पठनपाठन समेत गर्न नदिने धम्की दिँदै आएको गुनासो गर्दै आएको थिए ।

    यस अघि काठमाडौंको केएमसि मेडिकल कलेज, बिराटनगरको नोबेल मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले तोकिएको भन्दा २० पाख बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन समेत गर्दै आइरहेका थिए।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार