सोमवार, पौष १९ २०७८
काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन् ।
कलेजले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी रकम असुल्न खोजेको भन्दै विद्यार्थीहरूले आइतबार संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
कलेजमा अहिलेसम्म १५ विद्यार्थी मात्रै भर्ना भएका छन् । ‘भारतीय र नेपाली गरी १५ जना भर्ना भएकाले पठनपाठन सुरु गरेका छन् । अरुले विद्यार्थीले अतिरिक्त रकम मागिएको भन्दै विरोध जारी राखेका छन्,’ एक विद्यार्थीले भने । सोमबारदेखि धर्ना पनि सुरु गर्ने उनले बताए ।
कलेजले अहिले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा करिब १९ लाखसम्म बढी उठाउन खोजेको छ । यो रकम प्रत्येक विद्यार्थीबाट पाँच बर्षको अवधिमा उठाइने छ ।
सुनील शर्मा सञ्चालक रहेको केएमसी र नोबेल मेडिकल कलेजले होस्टेल शुल्क नै २४ हजार उठाइरहेको छ । र, विद्यार्थीहरूले अनिवार्य रुपमा कलेजकै होस्टेलमा बस्नुपर्ने बताएको छ । 