Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेडिकल कलेज अनुगमन: बढी शुल्क नलिएको प्रमाण पेस नगेरे कारबाही हुने।

मेडिकल कलेज अनुगमन: बढी शुल्क नलिएको प्रमाण पेस नगेरे कारबाही हुने।

  • 612
    SHARES

  • मेडिकल कलेज अनुगमन: बढी शुल्क नलिएको प्रमाण पेस नगेरे कारबाही हुने।

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क नलिएको प्रमाण पेस गर्न निर्देशन दिएका छन। मन्त्री पौडेलले केएमसि (काठमाडौ मेडिकल कलेज) को अनुगमन गर्दै बढी शुल्क नलिएको प्रमाण नदिए मेडिकल कलेजहरुलाई कारबाही गरिने समेत बताएका छन् ।

    चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइएको उजुरीपछि बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरिएकाले बढी शुल्क लिन नपाइने बताए । उनले  कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, “बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस् । अन्यथा, कानुनानुसार कारबाही हुन्छ ।”

    मन्त्री पौडेलले शुल्कका सम्बन्धमा शुक्रबारसम्म रिपोर्ट पेस गर्न पनि निर्देशन दिएका छन् । उनले भने, “भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालय, विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।”

    मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छन् ।

    काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले एक महिनादेखि प्रदर्शन गर्दै आएका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी समेत दिएको थियो ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार